२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खलङ्गा–खार–देथला सडकखण्ड दुईतर्फी अवरुद्ध

२०७७, २८ श्रावण बुधबार ०६:५८

नरेन्द्रसिंह कार्की । साउन २८, दार्चुला । दार्चुलाको खार–खलङ्गा–देथला सडक तीन सातादेखि अवरुद्ध छ । खलङ्गा–खार–देथला सडकखण्ड र गोकुलेश्वर–देथला हुँदै खार–खलङ्गा जोड्ने सडक बाढी र पहिरोका कारण ठाउँठाउँमा अवरुद्ध भएको हो । दुवैतर्फ सडक अवरुद्ध हुँदा नौगाड गाउँपालिकाका स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ । 

यही साउन ५ गते आएको बाढी पहिरोका कारण खार–खलङ्गा–देथला सडक अवरुद्ध भएको हो । सडकमा ग्राभेल गर्ने बेला बाढी पहिरोले अवरुद्ध गरेसँगै निर्माणको कार्य पनि ठप्प छ । प्रदेशको भौतिक पूर्वाधार कार्यालयअन्तर्गगत पूर्वाधार विकास कार्यालय बैतडीले यो सडक हेर्ने गर्छ । 

सडकको दुवैतर्फ कालोपत्रे र ग्राभेलका लागि गत आर्थिक वर्षको अन्तिममा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौतापछि ठेकेदार परिचालन हुने बित्तिकै बाढी पहिरो आएपछि यो सडकखण्ड तीन सातादेखि अवरुद्ध छ । अवरुद्ध सडकखण्ड खुलाउने प्रयास नहुँदा नौगाडका स्थानीयवासीलाई आवतजावत र खाद्यान्न ढुवानी गर्न समस्या भएको छ । 

खलङ्गा–खार सडकखण्डको मालभेला, डुङुरी, काटैलगायतका आधा दर्जन ठाउँमा सडक अवरुद्ध भएको पूर्वाधार विकास कार्यालय बैतडीका सव इन्जिनीयर दीपेन्द्र धानुकले बताउनुभयो । “अवरुद्ध सडकको सर्वेक्षण गरेका छौँ,” उहाँले भन्नुभयो, “छिट्टै बाटो खुलाउने प्रयास हुन्छ । सडक पूर्णरूपमा सञ्चालन गर्न भने केही समय लाग्छ ।” 

उहाँका अनुसार भत्किएको सडकखण्डको मूल्याङ्कन भइसकेको छ । “कार्यालयमा पेश गर्ने तयारी छ । कुनै ठाउँमा पर्खाल लगाउनुपर्ने र थप ब्याक कटिङ गर्नुपर्ने अवस्था देखिन्छ ।” धेरै ठाउँमा पर्खाल लगाएर पनि बाटो सञ्चालन गर्नुपर्ने अवस्था देखिएको धानुकले बताउनुभयो ।

काटैभन्दा माथिल्लो क्षेत्रमा सडकमा कम क्षति पुगेको छ । खलङ्गा–खार सडकखण्डको झण्डै नौ किलोमिटर क्षेत्रमा ठेक्का सम्झौता भएर काम शुरु भएको अवस्थामा अवरुद्ध भएको हो । यो सडकखण्डमा ग्वालेक निर्माण सेवाले रु १८ करोड मा कालोपत्रको ठेक्का पाएको छ । 

यस्तै देथला हुँदै खार–खलङ्गा जोड्ने गरी कालोपत्रे भइरहेको छ । देथलादेखि माथिल्लो क्षेत्रमा छ किलोमिटर कालोपत्र भइसकेको अवस्थामा यो क्षेत्र पनि ठाउँठाउँमा खहरे खोला र पहिराले सडक अवरुद्ध भएको सव इन्जिनीयर धानुक बताउनुहुन्छ । “दुवैतर्फ सडक खुलाउन तत्काल प्रक्रिया अघि बढाउँछौँ”, उहाँले भन्नुभयो । सडक नहुँदा नौगाडमा भाडादर महँगो हुँदै जाँदा खाद्यान्नको मूल्यसमेत चर्को हुन थालेको छ । 

खलङ्गा–खार सडकखण्डको काटैसम्म बढी अवरुद्ध छ । उता नौगाड गाउँपालिकाको धुलीगडा, जामिर, खार, दल्लेख क्षेत्रमा सडक बढी अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने विषयमा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने काम भएको नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले बताउनुभयो । 

अहिले सडक दुवैतर्फ अवरुद्ध छ । सडक नहुँदा अहिले पूरै नौगाडबासीलाई हिँडडुलमा समस्या भएको अध्यक्ष धामीको भनाइ छ । यो सडक प्रदेशको भौतिक मन्त्रालयले हेर्दै आएको छ । स्थानीय तहले खनेका सडक पनि अवरुद्ध भएकाले खुलाउने प्रयास भइरहेको अध्यक्ष धामीले बताउनुभयो ।

उता देथला–खार–खलङ्गा सडक निर्माण सम्पन्न नहुँदै जीर्ण बन्दै गएको छ । जीरो प्वाइन्ट मानिने कर्कलेभन्दा माथि देथला र सुन्दरपुर खण्डको दुई मिलोमिटर सड्कमा खहरे खोला बग्न थालेपछि यो सडकखण्ड जीर्ण बन्दै गएको हो । यो सडकखण्डका चार/पाँच वटा खहरे खोला सडकमै बग्दा जोखिमसमेत बढेको स्थानीयवासी बताउँछन् ।

निर्माण कार्य अन्तिम चरणमा पुगेको अवस्थामा कालोपत्रे उप्किन, भत्किन र खहरे खोला सडकखण्डको बीचबीचमा बग्न थाले पनि सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयवासीको गुनासो छ । सडक कटानले ठाउँठाउँमा पहिरोको जोखिम पनि बढ्दै गएको छ ।

दार्चुला सदरमुकाम खलङ्गालाई जोड्ने सबैभन्दा छोटो सडकको रूपमा देथला–खार–खलङ्गा सडक निर्माण शुरु गरिएको हो । यो सडक ग्वाल्लेक बज्रगुरु जेभीले निर्माणको जिम्मा पाएको छ । शैल्यशिखर नगरपालिका–३ कर्कलेदेखि निर्माण शुरु गरिएको कालोपत्रे सडकखण्डको अति आश्वयक खण्डमा समेत पर्खाल निर्माण नगरेको, आरसीसी ढलान नगरेको, निर्माण सामग्री कमसल प्रयोग गरेकोलगायतका आरोप स्थानीयबासिन्दाले लगाएका छन् ।

ग्वाल्लेक बज्रगुरुले निर्माण गर्ने जिम्मा पाएको छ किलोमिटर लामो सडकमा खहरे खोलाको निकास व्यवस्थापन नगरिँदा खोलाको पानी कालोपत्रे मार्ग भएर बग्न थालेको छ । गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएका हुनाले नवनिर्मित सडकखण्ड यो अवस्थामा पुगेको स्थानीय हिक्मत चन्दले बताउनुभयो । स्थानीयवासीले कमसल सामग्री प्रयोग गरेर सडक निर्माण गरिएको बारेमा पटकपटक विरोध गरिसकेका छन् । सम्बन्धित कार्यालयका प्रविधिकहरु पनि सुटुक्क आउनेजाने गरेकाले सबैमाथि शङ्का उब्जेको चन्दले बताउनुभयो ।

निर्माण कम्पनीका साइट इन्जिनीयर रामप्रसाद भुषालले योजनाको ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको जानकारी दिनुभयो । कतिपय ठाउँमा गर्नुपर्ने कार्य नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पाएको परिमाणसबै सिद्धियो । इस्टिमेटमा भएको परिमाणभित्र रहेर मात्र कम्पनीले काम गर्ने हो ।” केही ठाउँमा आरसीसी र पर्खाल निर्माण गर्ने कार्य मात्र बाँकी रहेको भुषालले बताउनुभयो । 

पूर्वाधार विकास कार्यालयले भने नियमित नाली सफा गर्न नमिलेकाले सडकमा पानी पसेको जनाएको छ । पानीले कालोपत्रेलाई क्षति पुर्याएको छ । कतिपय ठाउँमा नाली निर्माण नगरिएकाले यस्तो अवस्था सिर्जना भएको हो । बिग्रिएको र टुटफुट भएको सडकखण्ड पुनः निर्माण गर्न लगाउने धानुक बताउनुहुन्छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी