२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिटिजन्स बैंकको नाफा घट्यो

२०७७, २९ श्रावण बिहीबार ०६:०८

साउन २९, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब ११ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.७३ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४६ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो।

बैंक प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी बढेपनि इम्पेरिमेन्ट चार्ज बढेपछि बैंकको खुद नाफा घट्न पुगेको हो। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८२ करोड ३९ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो मुनाफा १ अर्ब रुपैयाँ भन्दा बढी थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.१९ प्रतिशत बढेर २ अर्ब ८८ करोड १६ लाख रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ३०।७४ प्रतिशत घटेर १ अर्ब ४५ करोड ४७ लाख रुपैयाँमा झरेको छ।

असार मसान्तसम्ममा बैंकले ८८ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७० अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। बैंकको निष्क्रिय कर्जा १.१३ प्रतिशतबाट बढेर १.४६ प्रतिशत पुगेको छ। त्यसैगरी, बैंकको इम्पेरिमेन्ट चार्ज ६७ करोड ७२ लाख रुपैयाँ रहेको छ।

९ अर्ब ८ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको असार मसान्तमा १२ रुपैयाँ २७ पैसा कायम भएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह