२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डिजिटल भुक्तानी सेवा सुरु गर्न सिद्धार्थ बैंक र थ्री सिक्स्टी ट्रान्सपोर्ट सोलुसनबीच सम्झौता

२०७७, ५ भाद्र शुक्रबार १०:०५

भदौ ५, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सार्वजनिक यातायातको साधनमा अन्तर्राष्ट्रिय स्तरको डिजिटल भुक्तानी गर्ने उद्देश्यका साथ ३६० ट्रान्सपोर्ट सोलुसनसँग व्यावसायिक सम्झौता गरेको छ । सो बैंक र थ्री सिक्स्टी ट्रान्सपोर्ट सोलुसनबीच आज संझौता भएको हो ।

उक्त सम्झौतापत्रमा थ्री सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खुशल रेग्मी र सिद्धार्थ बैंकका सहायक महाप्रबंधक सुरेश राज महर्जनले हस्ताक्षर गर्नुभएको छ । यस सम्झौतापश्चात् ३६०ट्रान्सपोर्ट सोलुसन्स्अन्तर्गत सञ्चालनमा रहेको यातायातको साधनमा निकट भविष्यमा बैंकको पीओएस मेसिन जडान गरिने र यात्रुले स्मार्ट प्रिपेड कार्ड प्रयोग गरी पीओएसमार्फत आफ्नो बस भाडा भुक्तानी गर्न सक्नेछन् । प्रयोग गरिने स्मार्ट प्रिपेड कार्ड सार्वजनिक यातायात तथा बैंकका शाखाहरुबाट खरिद र लोड गर्न सकिनेछ ।


थ्रि सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्स प्रा.लि. ले विकसित गरेको प्रणालीमा डिजिटल भाडा भुक्तानीका अलावा जि.पि.एस. ट्रयाकिङ, स्मार्ट बहुउपयोगी बोर्ड, मोबाइल एप्लिकेशन लगायतका बिभिन्न बिशेषता रहेको छ । उक्त हस्ताक्षर कार्यक्रममा थ्रि सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत रेग्मीले कम्पनी आफैले विकास गरेको यस पूर्ण प्रणालीको प्रयोगबाट यातायात व्यवशायी, सर्वसाधारण, सरकार, यातायात कर्मचारी लगायत सम्पुर्ण सरोकारवालालाई फाइदा पुग्ने बताउनू भयो ।

बैंकको यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशनअनुरुप डिजिटाइजेसनको तर्फ क्रेन्द्रित रहेको र यस सेवाबाट नगद रहित कारोबारको उपयोग बढ्नुका साथै यात्रुहरुले केही हदसम्म भए पनि बस भाडाका लागि खुद्रा बोक्नुपर्ने झन्जट नरहने विश्वास लिइएको सो बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह