९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सर्लाहीमा धानमा अज्ञात रोग देखापरेपछि किसान चिन्तित

९ भाद्र २०७७, मंगलवार ०५:११

भदौ ९, सर्लाही । जिल्लामा धानमा नयाँ रोग देखापरेका कारण धान खेतमै सुक्न थालेपछि किसान चिन्तित भएका छन् । रासायनिक मल खाद तथा बीउबिजनको चरम अभावका बीच गरिएको धानखेती खेतमै सुक्न थालेपछि किसान थप मर्कामा परेका हुन् ।

पहिला बाढीपहिरोका कारण रोपाइँ भएको खेतमा पानीको चाप बढेर खेतमै धान सुकेपछि जिल्लाका किसानले दोस्रोपटक धान रोपेका थिए  । बाढी र बर्सातले धान खेतमा गलेपछि धानको बीउको चरम अभावका कारण धानको बीउ नपाएर कतिपय किसानले दोस्रोपटक खेत रोपाइँसमेत गर्न पाएका थिएनन् भने पछिल्लो समयमा धान पहेँलो भएर सुक्न थालेपछि किसानलाई थप चिन्तित बनाएको छ ।

धान रोपाइँको समयमा रासायनिक मल खादको चरम अभाव थियो । जसोतसो ऋण लिएर भए पनि धान रोपेका जिल्लाका किसान धानमा अचानक अज्ञात रोग देखा पर्न थालेपछि थप मारमा परेका छन् । धान पहेँलो भएर खेतमै सुक्न थालेको गोडैता नगरपालिकाका किसान जोगी मुखियाले गुनासो गर्नुभयो ।

धान किरा खाने तथा पहेँलो भएर सुक्न थालेपछि रातको निद्रासमेत हराएको अर्का किसान रामएकवाल महतोले गुनासो गर्नुभएको छ । “हाम्रो परिवार नै कृषि पेशामा आश्रित छ । कृषि पेशा नै सङ्कटमा परेपछि परिवार कसरी चलाउने र जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ताले सताइरहेको छ”, महतोले भन्नुभयो । केन्द्र तथा स्थानीय सरकारले किसानलाई बेवास्ता गरेका कारण आफूहरु मारमा परेको किसानको गुनासो छ ।

कृषि क्षेत्रलाई वैज्ञानिक पद्वतिमा परिणत गरी किसानलाई कृषि औजार, मलखाद, बीउबिजन, सिँचाइ तथा विभिन्न किसिमका कृषि प्याकेजमा राहत र अनुदानको व्यवस्था गर्न सके मात्र देशमा भएको व्यापक गरिबी, भोकमरी तथा बेरोजगारी कम गरी देशका नागरिकलाई समृद्ध र सक्षम बनाउन सकिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो