Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लिवर्टी इनर्जीको आईपीओ बाँडफाँड : कसले कति पाए हेर्नुहोस्

२०७७, १५ भाद्र सोमबार ०७:३८

भदौ १५, काठमाडौं । लिवर्टी इनर्जी कम्पनीको साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको आईपीओमा आवेदन दिने लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३० कित्तासम्म सेयर पाएका छन् ।

९४ हजार ९०४ आवेदकले १० कित्ता सेयर पाएका छन् भने ४५ हजार ४८ आवेदकले २० र ४८ हजार २२१ जनाले ३० कित्ता सेयर पाएका छन् । बाँडफाँडमा गोलाप्रथाबाट २५ हजार ६२० आवेदकले थप १० कित्तासमेत गरी ४० कित्ता सेयर पाएका हुन् ।


बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार १० देखि ३० कित्ता सेयरको लागि आवेदन दिने सबैले माग अनुसार नै पाएका छन् । क्यापिटलका अनुसार अधिकतम ४० कित्तासम्म पनि सेयर पाएका छन् ।

आइपीओमा १ लाख ८८ हजार ३७३ जनाले आवेदन कर्ताले दिएको आवेदनमा न्यूनतम १० देखि ४० कित्तासम्म सेयर पाएको क्यापिटलले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । आइपीओमा १ लाख ८८ हजार ४९९ जनाले आवेदन दिएका थिए ।

लिवर्टी इनर्जी कम्पनीले लमजुङ जिल्लास्थित २५ मे.वा.को दोर्दी “ए” जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । त्यस्तै कम्पनीद्वारा प्रवद्र्धित बाग्लुङ जिल्लास्थित बडीगाड खोलामा २१ मे.वा. क्षमताको बडिगाड खोला जलिविद्युत आयोजना र लमजुङ जिल्लास्थित लोदोखोलाबाट १.७३ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन कार्य आगामी १ भित्रमा सम्पन्न गर्नेगरी सर्भेक्षण कार्य अघि बढाएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ