Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नियमित उडानको भाडादरबारे मन्त्री भट्टराईको अध्यक्षमा यस्तो निर्णय

२०७७, १७ भाद्र बुधबार १२:३४

भदौ १७, काठमाडौँ | नियमित उडानको भाडादरबारे सरकारले वायुसेवा निगमले तय गरेको भाडादरअनुसार उडान गराउन र विदेशी एयरलाइन्सलाई फ्लाइट उडान अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

मन्त्रालयमा आज नियमित उडानको भाडा दर र चार्टर उडानको गुनासाको सम्बन्धमा बसेको बैठकमा पर्यटनमन्त्री योगेश भट्टराईले टिकटमा ट्राभल्स एजेन्सीले अनियन्त्रित रुपमा कालोबजारी गरेको गुनासो आएपछि एयरलाइन्सले नियन्त्रण गर्नुपर्ने धारणा राख्दै अनुगमन तथा सहजीकरणका लागि विदेशी कूटनीतिक नियोग र गैरआवासीय नेपाली सङ्घ (एनआएन) लाई आग्रह गर्नुपर्ने धारणा राखेका छन् ।  

एस्तो छ वैठकको निर्णय

१. अन्तर्राष्ट्रिय उडानको भाडादर सम्बन्धमा हिमालय एयरलाईन्स र नेपाल वायुसेवा निगमको उडान भएका क्भअतयच हरुमा तत् तत् वायुसेवाहरुले तय गरेको भाडादर अनुसार उडान गराउन अन्य विदेशी एयरलाईन्सहरुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिने ।

२. बजेट एयरलाईन्सको हकमा बुँदा नं. १ अनुसार कायम हुन आएको भाडादर भन्दा कम हुने गरी उडान संचालन गर्न निर्देशन दिने ।

३. चार्टर उडानको भाडादरको हकमा साविकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वीकृत गरेको भाडादर भन्दा बढी नहुने सुनिश्चित गरी उडान संचालन गर्न अनुमति दिने ।

४. हवाई भाडादर असुल उपर सम्बन्धमा कालोबजारी, अपारदर्शिता र अन्य गैरकानूनी मुनाफा कायम गरी भाडादर असुल उपर नगर्न नगराउन सम्बन्धित वायुसेवा कम्पनीहरुलाई निर्देशन   दिने ।

५. यी निर्णयहरुको कार्यान्वयन, सहजिकरण र अनुगमन गरी दिनका लागि विदेश स्थित नेपाली कुटनीतिक नियोगहरु र सम्बन्धित गैर आवासीय नेपाली संघलाई अनुरोध गर्ने ।

६. २५ अगष्ट २०२० मा भएको एयर अरेवियाको उडानबाट आएका १४२ जनाको होटल क्वारेन्टाईन वापतको रकम सम्बन्धित यात्रुहरुलाई फिर्ता दिन र अव उप्रान्त यस्तो कार्य नगर्न नगराउन सचेत गराउने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै