२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

१८० बिघामा नगर बगैँचा, पर्यटन प्रवद्र्धनमा जोड

२८ भाद्र २०७७, आईतवार ०५:३४

भदौ २८, सर्लाही । जिल्लाको वाग्मती नगरपालिकामा नगर बगैँचा निर्माण हुने भएको छ । नगरपालिका–३, ४ र ११ मा गरेर १८० बिघा क्षेत्रमा नगरपालिकाले फलफूलका बिरुवा रोपेर नगर बगैँचा निर्माण शुरु गरेको छ ।

नगरको आयआर्जनका रूपमा विकास गर्नसके यस नगर बगैँचाले बेरोजगार सयाँै नागरिकलाई रोजगारी सिर्जना गर्ने नगरप्रमुख भरतकुमार थापाले बताउनुभयो । विकासलाई रोजगारमुखी बनाउनु अपरिहार्य रहेको भन्दै विकाससँगै रोजगारीको सिर्जना पनि गर्ने काममा वाग्मती नगरपालिका लागिपरेको उहाँले बताउनुभयो ।

बगैँचाका कारण नगरले यहीँ उत्पादन हुने फलफूलका लागि अन्यत्र निर्भर हुन नपर्ने उहाँको भनाइ छ । नगरले वार्षिक करोडाँैको फलफूल उत्पादन गर्ने गरी बगैँचा निर्माण गरिरहेको छ । यसरी कृषि, पशु, बजारलगायतको व्यवस्थापनमा समेत नगरले मुख्यरूपमा ध्यान दिइरहेको उपप्रमुख लीला मोक्तानले बताउनुभयो । नगरको विकासका लागि नगरको रकम कुनै पनि हालतमा नगरमै रोक्नुपर्ने भएकाले पनि यो योजना अपरिहार्य रहेको जनप्रतिनिधिको भनाइ छ । आजलाई भन्दा पनि भोलिको भविष्यलाई हेरेर नगरपालिकाले योजना तयार गर्ने गरेको नगरका योजना विभाग प्रमुख सुजन बडालले बताउनुभयो ।

बगैँचामा तराईको ठाउँमा हुने आँप, लिची, कटहरलगायतका फलफूलका बिरुवा लगाइएको छ । बगैँचाको रेखदेख तथा गोडमेलका लागि स्थानीयस्तरमा रोजगारी पनि सिर्जना भएपछि स्थानीयवासीसमेत हर्षित बनेका छन् । बगैँचा निर्माणले नगरको पर्यावरणसमेत सन्तुलित रहने नगरको जिकिर छ । एकातर्फ वातावरण संरक्षण र अर्कोतर्फ आम्दनीको राम्रो स्रोत नगर बगैँचा बन्ने नगरपालिकाले जनाएको छ । नगर बगैँचामा फलफूलका बिरुवाहरु रोप्ने काम भइरहेको र ती बिरुवाको व्यवस्थापनको काम भइरहेको नगरपालिकाले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य