२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अबदेखि कोरोना बीमाको दावी भुक्तानीको लागि निजी अस्पतालका रिपोर्ट मान्य हुने

२०७७, २९ भाद्र सोमबार ०५:५४

भदौ २९, काठमाडौं । कोरोना बीमाको लागि निजी अस्पतालका रिपोर्ट मान्य हुने भएको छ । बीमा समितिले भोलि भदौं २९ गते सोमवारदेखि लागू हुने गरी कोरोना बीमा मापदण्ड २०७७ लाई संशोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति प्राप्त सबै ल्याबको कोरोना पोजेटिभ रिपोर्ट मान्य हुने व्यवस्था गरेको छ ।

स्वास्थ्य मन्त्रालयबाट कोभिड-१९ परीक्षण गर्न सूचीकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोगशालाहरुबाट पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको सक्कल रिपोर्ट पेस गर्नु पर्ने मापदण्डमा उल्लेख गरेको छ। यसअघि समितिले निजी ल्याबमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिए कोरोना बीमा गर्नेहरुले दाबी भुक्तानी नपाउने जनाएपछि त्यसको चौतर्फी आलोचना भएको थियो । चौतर्फी दबाबपछि समितिले मापदण्ड संशोधन गरेर निजी ल्याबबाट परीक्षण गर्दा पनि दाबी  भुक्तानी पाउने व्यवस्था गरेको हो । 

संशोधित मापदण्डमा मन्त्रालयबाट स्वीकृति पाएका अस्पताल वा प्रयोगशालामा कार्यरत कर्मचारीहरुको बीमा दाबीको लागि आफ्नो अस्पताल वा प्रयोगशाला वा एकै समूहको लगानी भएका अस्पताल वा प्रयोगशालाबाहेक अन्य स्वीकृति प्राप्त अस्पताल वा प्रयोगशालाबाट पीसीआर परीक्षण गराउनु पर्ने व्यवस्था गरेको छ।

भुक्तानीको लागि के के चाहिन्छ ? 

आजदेखि जारी हुने सबै कोरोना बीमाको दावी भुक्तानी अस्पतालमा उपचार गरेमा अधिकतम ७५ प्रतिशतसम्म स्वास्थ्य उपचार खर्च र घरैमा आईसोलेशनमा बसेमा २५ प्रतिशत पौष्टिक आहार खर्च दिने गरी संशोधन गरिएको छ ।

बीमा समितिले २०७७ साल बैशाख ५ गते जारी गरेको कोरोना बीमा पोलिसी संशोधन गर्दै पिसिआर पोजेटि पुष्टि भएको अवस्थामा यसअघि १०० प्रतिशत दिने दावी भुक्तानी सम्बन्धी व्यवस्था सच्याएको हो । कोरोना संक्रमितले अबदेखि कोरोना बीमाको दावी भुक्तानी लिन अस्पतालमा उपचार गराएकाहरुले डिस्चार्ज स्लीप र घरैमा आईसोलेशनमा बसेकाहरुले स्थानीय निकायबाट प्रमाणित गराएको कागजात पेश गर्नुपर्नेछ । 


बीमा कम्पनीहरुलाई संक्रमितले पेस गरेको रिपोर्टमा शंका लागेमा भने आफ्नै खर्चमा पुनः अर्को ल्याबमा कोरोना परीक्षण गराउन सकिने व्यवस्था समेत गरेको छ। कोरोना बीमाको सबै प्रकृया पूरा गरेपछि ७ दिन भित्रै दावी भुक्तानी गर्ने समितिले जनाएको छ। 

साथै नयाँ व्यवस्थामा कोरोना बीमाको दावी भुक्तानी लिन स्थानीय निकायको सिफारिस समेत पेश गर्नुपर्ने छ । अस्पताल भर्ना भएकाले डिस्चार्ज पेपर तथा घरैमा आईसोलेशनमा बसेकाले स्थानीय निकायबाट प्रमाणित गराई सो कागज पेश गर्नुपर्ने व्यवस्था गरिएको हो ।

त्यसैगरी, कोरोना बीमा पोलिसीमा पनि संशोधन गरिएको छ । बीमा पोलिसी अब व्यक्तिगत रुपमा खरिद गर्न पाइने छैन । पारिवारिक मात्रै खरिद गर्न पाइने व्यवस्था गरिएको छ । 


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने