२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नारायणगढ–बुटवल सडक विस्तारको गति सुस्त

२०७७, १ कार्तिक शनिबार १२:१४

कात्तिक १, नवलपुर | पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तारले गति लिन सकेको छैन । 

प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७५ चैत ८ गते शिलान्यास गर्नुभएपछि शुरु भएको विस्तारको काम साढे एक वर्षमा डेढ प्रतिशत पनि सकिएको छैन । 

नारायणगढ–बुटवल सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको छ । कूल ११३ किलोमिटर सडकमध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको बाँकी सडकलाई खण्ड ‘ख’ मानेर ठेक्का सम्झौता गरिएको छ । दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसन लिमिटेडले पाएको छ । 

नारायणगढ–बुटवल सडक आयोजनाअन्तर्गत खण्ड ‘क’का सूचना अधिकारी इन्जिनीयर कृष्ण आचार्यले असोज मसान्तसम्म नवलपुर खण्डमा १.४२ प्रतिशत मात्रै भौतिक प्रगति भएको जानकारी दिनुभयो । यो खण्डमा रूख कटानमा स्वीकृति नपाउँदा सडक विस्तारमा ढिलाइ भएको अधिकारीको भनाइ छ । सडकखण्डको उत्तरतर्फको रूख कटानमा अनुमति पाएर धेरै रूख काटिएको भए पनि दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले रूख कटानमा समस्या भएको उहाँले बताउनुभयो । 

“हामीले सडकको उत्तरतर्फको रूख कटानको अनुमति पाएपछि धेरै रूख काटिसकेका छौँ”, सूचना अधिकारी आचार्यले भन्नुभयो, “बाटोदेखि दक्षिणतर्फको रूखहरु मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले काट्न पाएका थिएनौँ । केही दिन अगाडि मात्रै मन्त्रिपरिषद्बाट रूख काट्न स्वीकृति दिने निर्णय भएर आएको छ ।” मन्त्रिपरिषद्ले रूख कटानको स्वीकृति दिएसँगै दक्षिणतर्फको रूखसमेत काट्न शुरु गरिएको उहाँले बताउनुभयो । सो सडकमा सानाठूला गरी ३३ हजार ८९२ रूख काट्नका लागि स्वीकृत पाएको भन्दै उहाँले ६ हजार ४७८ वटा रूख काट्ने काम सकिएको बताउनुभयो । 

गैँडाकोटदेखि कावासोतीको जङ्गलसम्म धेरै रूख काटेर सकिएको बताउँदै उहाँले भन्नुभयो, “अब हामीले डण्डाबाट पश्चिमतर्फ रूख काट्न शुरु गरेका छौँ, रूख काटेर सक्ने बित्तिकै बाटो फराकिलो बनाउने काम शुरु हुन्छ ।” सो सडक चार लेनमा विस्तार हुनेछ भने शहरी क्षेत्रमा अतिरिक्त सर्भिस लेनसमेत निर्माण हुने जनाइएको छ । यस सडकको अधिकांश भाग वन क्षेत्रमा पर्ने भएकाले मध्यवर्ती क्षेत्रमा वन्यजन्तुमैत्री पुलसमेत निर्माण हुने गरी ठेक्का सम्झौता भएको छ । 

आयोजनाका सूचना अधिकारी आचार्यले यो सडकको ४२.७ किलोमिटर खण्ड चार लेनमा विस्तार हुने उल्लेख गर्दै शहरी क्षेत्रको करीब १७.६ किलोमिटरमा चार लेनका अतिरिक्त दुवैतर्फ ६÷६ मिटरको सर्भिस लेनसमेत निर्माण हुने जानकारी दिनुभयो । त्यस्तै, दाउन्नेको ४.१ किलोमिटर सडक भने तीन लेनमा मात्रै विस्तार हुनेछ । जटिल भूगोलका कारण दाउन्नेको सडक चार लेनमा विस्तार गर्न नसकिने भएकाले तीन लेनमा मात्रै विस्तार गर्ने गरी ठेक्का सम्झौता भएको उहाँले बताउनुभयो । 

सडक विस्तारका क्रममा मध्यवर्ती क्षेत्र पर्ने स्थानका वनमा ६ वटा वन्यजन्तुमैत्री पुल निर्माण हुनेछ । त्यसैगरी, सो सडकमा ८७ वटा कल्भर्ट निर्माण हुने भन्दै २८ वटा कल्भर्ट निर्माणको काम भइरहेको सूचना अधिकारी आचार्यले बताउनुभयो । गैँडाकोट दाउन्ने खण्डमा १२ वटा ठूला पुल निर्माण हुने भए पनि एउटा पुलको मात्रै निर्माण कार्य शुरु भएको आयोजनाले जनाएको छ । 

सडक विस्तारका क्रममा गैँडाकोटबाट १४ किलोमिटर पश्चिमको भेडाबारीमा नाला तथा माटो फिलिङको काम भइरहेको छ भने सडक विस्तारका लागि ७५ जना कामदारले काम गरिरहेका आयोजनाले जनाएको छ । सडक विस्तारको शुरुआती अवस्थामा सडक सीमाभित्र पर्ने रूख हटाउने प्रक्रिया लामो हुनु तथा विद्युत्का पोलहरु सडकभित्रै पर्दा काम गर्न ढिलाइ भएकामा त्यसलगत्तै विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारणले पनि निर्माणले गति लिन नसकेको उहाँको भनाइ छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा विस्तार हुन लागेको सो सडकको गैँडाकोट–दाउन्ने खण्ड रु नौ अर्ब १३ करोडमा ठेक्का सम्झौता भएको थियो । 

कूल लागतमध्ये एडिबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउने छ भने बाँकी रकम नेपाल सरकारकै हुनेछ । एडिबीले नेपाल सरकारलाई १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो । ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसन लिमिटेडले आगामी २०७९ साउन २२ भित्र निर्माण सक्नुपर्ने गरी ठेक्का सम्झौता भएको छ । साढे तीन वर्षमा सडक निर्माणको काम सके पनि पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्नुपर्ने गरी सम्झौता भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड