१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडकका सिसीटिभी र सौर्य बत्ती मर्मत

६ मंसिर २०७७, शनिबार ०२:२६

मङ्सिर ६, बैतडी | जिल्लाको पाटन नगरपालिका बजार क्षेत्रमा बिग्रिएका सिसीटिभी क्यामेरा र सौर्य सडक बत्ती मर्मत गरिएको छ । बजार क्षेत्रका सिसीटिभी क्यामेरा मर्मत भएका र यसले अपराध न्यूनीकरणमा समेत सहयोग पुग्ने इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “बजार क्षेत्रमा भइरहेका गतिविधिका बारेमा सिसीटिभी क्यामेराबाट थाहा भइरहेको हुन्छ । त्यसको कन्ट्रोल प्रहरीसँग भएकाले केही अवाञ्छित क्रियाकलाप भएमा तुरुन्त एक्सन लिन सजिलो हुन्छ ।” नगरपालिकाको बजार क्षेत्रका सिसीटिभी क्यामेरा मर्मत कार्य सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिनुभयो । यस्तै बजार क्षेत्रका सौर्य सडक बत्ती मर्मतको कामसमेत भइरहेको उहाँले बताउनुभएको छ ।

पाटन बजार क्षेत्रमा विसं २०७३ मा १३ ठाउँमा रु १३ लाख ५० हजारको लागतमा सौर्य सडक बत्ती जडान गरिएको थियो । सङ्घीय सरकारको रु १० लाख, पाटन नगरपालिकाको रु दुई लाख र स्थानीयको रु डेढ लाखमा सौर्य सडक बत्ती जडान गरिएको थियो । यस्तै करिब रु पाँच लाखमा विसं २०७६ को असारमा पाटन बजारका ११ ठाउँमा सिसीटिभी क्यामेरा जडान गरिएका थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु