१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सर्लाहीको हरिवन मालपोत कार्यालयका दुई कर्मचारी अख्तियारको फन्दामा

२३ पुष २०७७, बिहीबार १२:१०

पुस २३, सर्लाही | हरिवन नगरपालिका–११ मा रहेको मालपोत कार्यालयबाट दुई कर्माचारी घुससहित पक्राउ परेका छन् । मालपोत कार्यालयका एक नायब सुब्बा र एक लेखापढी व्यवसायी घुस रकमसहित बिहीबार पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिवासबाट खटिएको अख्तियारको टोलीले मालपोत कार्यालय हरिवनका नायबसुब्बा बेदनिधि बराल र कार्यालय परिसरमा बसेर लेखापढीको काम गर्ने हरिवन नगरपालिका–२ का रामसुन्दर महतोलाई रु ११ हजार घुस रकमसहित पक्राउ गरेको हो । उनीहरुले सेवाग्राहीबाट जग्गाधनी प्रमाणपुर्जामा नाम संशोधनका लागि घुस लिएको पाइएको अख्तियारको कार्यालयले जनाएको छ । दुवै जनालाई थप अनुसन्धानका लागि अख्तियारको क्षेत्रीय कार्यालय बर्दिवास लगिएको छ ।

सर्लाहीबाट मङ्सिर २४ गते नेपाल विद्युत् प्राधिकरण बरहथवा वितरण केन्द्रका प्राविधिक मनोजकुमार पाण्डे रु आठ हजार घुस रकमसहित र असार ९ गते हरिपुर नगरपालिकाका लेखा अधिकृत भूपेन्द्रकुमार सिंह रु चार हजार घुस रकमसहित पक्राउ परेका थिए । जिल्लामा मालपोत, नापी, घरेलु तथा साना उद्योग, विद्युत् र स्थानीय निकायमा घुस नदिएसम्म सेवा लिन गाह्रो पर्ने गरेको गुनासो सेवाग्राहीले गर्दै आएका छन् । गुनासो र उजुरीअनुसार यी कार्यालयबाट पटक–पटक कर्मचारी सेवाग्राहीसँग लिएको घुस रकमसहित पक्राउ परिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु