२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रधानमन्त्री रोजगार कार्यक्रम : बैतडीमा चार हजारले पाए रोजगारी

२०७७, २९ माघ बिहीबार ०५:१०

माघ २९, बैतडी । देशभित्रै बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यसाथ थालिएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीमा चार हजारभन्दा बढीले रोजगारी पाएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा गरी चार हजार २८१ ले रोजगारी पाएका हुन् । 

स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएकामध्ये उनीहरु छनोट भएका हुन् । छनोट भएका उनीहरुले १०० दिनको रोजगारी पाउने जनाइएको छ । बैतडीमा रहेका स्थानीय तहमध्ये सुर्नया गाउँपालिकामा सबैभन्दा बढी ८३३ ले रोजगारी पाउने भएका छन् । गाउँपालिकामा चार हजार २०० ले आवेदन दिएकोमा उक्त सङ्ख्यामा छनोट भएका रोजगार संयोजक सुरेन्द्र धामीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उक्त कार्यक्रमका लागि रु चार करोड ३३ लाख निकासा भएको छ ।” 

जिल्लाको पुर्चौंडी नगरपालिकामा ४५४ प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छनोट भएका छन् भने पाटन नगरपालिकामा ७६२ छनोट भएका छन् । पाटनमा सात हजार आवेदन परेको थियो । पाटनमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु तीन करोड ९६ लाख बजेट निकासा भएको छ ।

यस्तै मेलौली नगरपालिकामा आवेदन दिएका एक हजार २४ मध्ये २७१ छनोट भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत मेलौलीमा रु एक करोड ४४ लाख निकासा भएको छ । यस्तै दशरथचन्द नगरपालिकामा एक हजार ६८२ ले आवेदन दिएकामा ४०० ले रोजगारी पाउने भएका छन् । दशरथचन्द नगरपालिकामा सो कार्यक्रमका लागि रु दुई करोड बजेट निकासा भएको छ ।

डिलाशैनी गाउँपालिकामा ३३४ ले रोजगारी पाउने भएका छन् । यसका लागि रु एक करोड ७२ लाख ६८ हजार निकासा भएको छ । यस्तै रु एक करोड ३९ लाख ५७ हजारको निकासा भएको दोगडाकेदार गाउँपालिकामा २७० ले रोजगारी पाउने भएका छन् । पञ्चेश्वर गाउँपालिकामा ५३८ प्रधानमन्त्री रोजागार कार्यक्रमअन्तर्गत छनोट भएका छन् । सिगास गाउँपालिकामा ४५१ ले रोजगारी पाउने छन् । यहाँ रु दुई करोड १५ लाख ८६ हजार निकासा भएको छ । शिवनाथ गाउँपालिकामा ४२३ ले रोजगारी पाउने छन् भने रु दुई करोड १८ लाख बजेट निकासा भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत केही पालिकाले काम शुरु गरिसकेका छन् भने केही पालिकाले योजना छनोट गरिरहेको जनाइएको छ । कोरोना भाइरसका कारण रोजगार गुमाएर जीविकोपार्जनमा समस्या भएका नागरिकलाई छनोट गरी प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारी दिइएको स्थानीय तहहरुले जनाएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो