फागुन ११, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले युवा स्वरोजगार कार्यक्रममा अन्तर्गत सहुलियत कर्जाका लागि आशयपत्र पेश गर्न अनुरोध गरेको छ । कोषले मंगलबार एक सूचना जारी गर्दै विभिन्न ४ कार्यक्रममा सहभागी भई व्यक्तिगत, सामूहिक स्वरोजगार कर्जा लिई स्वरोजगार हुन चाहने व्यक्तिले सहुलियत कर्जाका लागि आशयपत्र पेश गर्नसक्ने जनाएको हो ।
कोषले स्वरोजगारको अवसर उपलब्ध गराउदै सम्बृद्ध नेपाल निर्माण अभियानमा परिचालन गरी युवा स्वरोजगार कार्यक्रमलाई अभियानको रुपमा विस्तार गर्दै ठुलो सख्यामा स्वरोजगारका अवसरहरु सिर्जना गर्न कोषले प्रयास गर्दै आइरहेको जनाएको छ । साथै यस अभियानलाई सार्थक तुल्याउन कोषवाट कोशी इकोनमिक करिडोर कार्यक्रम, मेरी-कणणाली इकोननिक करिडोर कार्यक्रम, काठमाण्डौ उपत्यका स्वरोजगार कार्यक्रम र तराई मधेस स्वरोजगार कार्यक्रम संचालन भइरहेका कोषले जनाएको छ ।
१. कोशी इकोनमिक करिडोर कार्यक्रमः
संचालित जिल्लाः सप्तकोशी नदी किनारको आसपासका १७ जिल्लाहरु : सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, सिन्धुली, रामेछाप. दोलखा, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, उदयपुर, सप्तरी, भोजपुर, संखुवासभा, धनकुटा, तेहथुम, पांचथर, ताप्लेजुङ, सुनसरी।
कर्जा लगानी गर्न सकिने व्यवसाय : माछापालन, होमस्टे, याफटिंग, केराखेती, बगर खेती, आलु. गोलभेडा, अद्वा, काउली, बन्दा, बेसार खेती, बंगुरपालन, लोकल कुखुरा/ हाँसपालन, बाख्रापालन आदि ।
२. भेरी-कर्णाली इकोननिक करिडोर कार्यक्रमः
संचालित जिल्लाः भेरी-कर्णाली नदी किनारको आसपासका ८ जिल्लाहरु (हुम्ला, जुम्ला, मुगु, डोल्या, कालीकोट, दैलेख सुर्खेत, जाजरकोट)
कर्जा लगानी गर्न सकिने व्यवसाय : तरकारी खेती, पशुपंछीपालन, रातो चामल, मकै/फापर/काउनी खेती माछापालन, फलफूल खेती, होमस्टे, होटल व्यवसाय, र्याफ्टिङ तथा अन्य स्थानीय व्यवसाय आदि ।
३. काठमाण्डौ उपत्यका स्वरोजगार कार्यक्रमः
संचालित जिल्लाः काठमाडौं उपत्यकामा रहेका ३ जिल्ला (काठामाडौं, ललितपुर, भक्त्तपुर)
कर्जा लगानीको क्षेत्र: Street Cart मा Fast food, तरकारी, फलफल तथा दुग्धजन्य: उत्पादन आदि विक्री बितरण ।
४. तराई मधेस स्वरोजगार कार्यक्रमः
संचालित जिल्लाः तराई मध्रेशका २१ जिल्ला : (कंचनपुर, कैलाली, बाके, बर्दिया, दाङ, कपिलवस्तु, नवलपरासी, रुपन्देही, चितवन, बारा, पसा रौतहट, सलाही, महोत्तरी, धनपा, मिराहा, सप्तरी, सुनसरी, झापा र उदयपुर)
कर्जा लगानीको क्षेत्र : Bio floc प्रविधिबाट भकारी, माछापालन, अटोरिक्सा, डेलागाडामा दुध्यजन्य व्यवसाय, फलफुल, चनाचटपट, Fast food, गाई भैसीपालन लगायतका अन्य
व्यवसाय ।
कोषले यी ४ कार्यक्रममा सहभागी भई व्यक्तिगत सामुहिक सहुलियत कर्जा लिनका लागि स्वरोजगार हुन चाहने व्यक्तिले कोषको वेबसाइट www.ysef.gov.np मा लग इन गरी वा कोषको युवा स्वरोजगार मोबाइल एप डाउनलोड गरी अनलाइन आशयपत्र पेश गर्नुपर्ने छ ।
अनलाइन आवेदन दिएका आशयपत्रको आधारमा कोषको नियमानुसार कर्जा स्वीकृत गर्न सकिने जनाइएको छ । आशयपत्र स्वीकृत भएका व्यक्ति समुहलाई कोषले स्वीकृत गरेका बैंक, वित्तीय र सहकारी सस्थाको वित्तीय व्यवस्थापनमा कोषले लगानी गर्नेछ । कोषको नियमानुसार मापदण्ड पूरा नगरेका, कागजात नपुगेका, आशयपत्रको कर्जा प्रस्ताव स्वतः रद्ध भएको मानिनेछ ।
१. ऋण लिन कस्तो तालिम आवश्यक पर्छ ?
सरकारी निकाय, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था जुनसुकै निकायबाट लिइएको तालिमको प्रमाणपत्र ऋणका लागि मान्य हुनेछ । परम्परागत सीप भएका व्यक्तिले गर्ने व्यवसायका लागि भने तालिमको प्रमाणपत्र चाहिँदैन । तर, ऋण दिने बैङ्क तथा वित्तीय संस्थाले नै तोकिएको व्यापार व्यवसाय गर्न सक्ने वा नसक्ने भन्ने कुराको यकिन गरी ऋण प्रदान गर्नेछ ।
२. यस परियोजनामा जिल्लामा क कसले सहयोग गर्नेछन् ?
नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गत सबै जिल्लाका सदस्य सङ्घहरूलाई सहयोगी संस्थाका रूपमा तोकिएको छ । स्वयंसेवक वा सहयोगी संस्थाले कोषको उद्देश्य अनुरूपको कार्यक्रम प्रवद्र्धन गर्न अभिमुखीकरण कार्यक्रम, परियोजना विकाससम्बन्धी तालिम र अन्य प्रचारमुखी, चेतनामूलक कार्यक्रम सञ्चालन गर्नमा सहयोगीको भूमिका निर्वाह गर्नेछन् ।
३. व्यापार व्यवसायका लागि बजारको कस्तो व्यवस्था हुन्छ ?
ऋणीले उत्पादन गरेका वस्तुहरू सम्बन्धित क्षेत्रमा नै खपत हुन् भनेर त्यस्ता उत्पादित सामग्री जिल्लास्थित सहकारी संस्थाले खरिद गर्ने र वितरण गर्ने व्यवस्था गरिनेछ । त्यस्ता सामग्री अन्य जिल्लाका सहकारी संस्थाले पनि खरिद गर्नसक्ने व्यवस्था मिलाइनेछ ।
४. ऋण लिइएको व्यापार व्यवसायका लागि बीमाको व्यवस्था छ कि छैन?
ऋणको भाका अवधिभित्र ऋणीको मृत्यु भएमा वा ऋणी स्थायी रूपमा अपाङ्ग भएमा वा भवितव्य परी सम्बन्धित परियोजनामा नोक्सान भएमा ऋणीको ऋण बीमा कम्पनीले तिर्ने व्यवस्था गरिनेछ। सम्बन्धित व्यापार व्यवसायको बीमाबापत लाग्ने प्रिमियम नेपाल सरकार, अर्थ मन्त्रालयले बेहोर्नेछ। तर, क्षतिको विवरण तथा सूचना आधिकारिक निकायबाट सिफारिस वा पुष्टि भएको हुनुपर्नेछ।
५. ऋण दुरुपयोग गर्नेलाई के हुन्छ ?
जुन उद्देश्य र प्रयोजनका लागि ऋण लिइएको हो, त्यसबमोजिम काम नगरी ऋणको दुरुपयोग गरेमा वा सयमा ऋणको साँवा, ब्याज भुक्तानी नगरेमा प्रचलित कानुनअनुसार ऋणीबाट साँवा, ब्याज असुलउपर गरिनेछ। साथै, कर्जा सूचना केन्द्रमा त्यस्ता व्यक्तिको नाम सूचीकृत गरी निजलाई खराब ऋणीमाथि हुने कारबाही गर्ने, राहदानी रोक्का गर्ने, कालोसूचीमा राख्ने, निर्वाचनमा उम्मेदवार बन्न नपाउने, समाजबाट बहिष्कार गर्ने तथा सरकारले प्रदान गर्ने सम्पूर्ण सेवाबाट वञ्चित गर्नेजस्ता विविध कारबाही गरिनेछ। यसका अतिरिक्त ऋणीको जुनसुकै सम्पत्ति वा जेथाबाट ऋण असुलउपर गर्न सकिनेछ ।
६. कोषमार्फत् प्रदान गरिने ऋणमा धितोको कस्तो व्यवस्था छ ?
ऋण स्वीकृत भएपछि, जुन व्यापार व्यवसायका लागि ऋण लिइएको हो सोही व्यापार व्यवसाय नै ऋणको साँवा, ब्याज भुक्तानी नगरुन्जेलसम्मका लागि ऋणको सुरक्षणका रूपमा सम्बन्धित वित्तीय सस्थाले धितोका रूपमा राख्नेछ । यसका लागि ऋणी स्वय र निजको परिवारका सदस्य जमानी वा धितोका रूपमा बस्नुपर्छ। सम्पत्तिभन्दा व्यक्तिको इमान नै महत्वपूर्ण भएकाले यसमा व्यक्तिको चरित्र वा इमानलाई नै धितोका रूपमा राख्ने व्यवस्था गरिएको हो। साथै सहकारी सस्थाको व्यवस्थाअनुसार कर्जा सुरक्षण गर्न अन्य आवश्यक धितो राख्न सकिनेछ ।
७. कोषमार्फत् पाइने ऋणमा कति प्रतिशत ब्याज लाग्छ ?
स्वरोजगार कार्यक्रमअन्तर्गत पाइने कर्जामा लाग्ने ब्याजदर कर्जा लगानी गर्ने बैङ्क, वित्तीय सस्था वा सहकारीले नै तोक्दछg\। तर, कोषसग भएको सम्झौताअनुसार सम्बन्धित सस्थाको भाकाअनुसार समयमै ऋणीले किस्ता चुक्ता गरेमा सम्पूर्ण ऋण चुक्ता भएपछि त्यसमा लागेको ब्याजको साठी प्रतिशतरकम कोषले लगानी गरेका बैङ्क, वित्तीय संस्था र सहकारीहरूमार्फत्ऋणीलाई फिर्ता गरिनेछ।यी बैङ्क, वित्तीय संस्था र सहकारीहरूले त्यस्ता ऋणीहरूको सूची कोषलाई बुझाउनेछन् र कोषले तिनका दाबीहरूमाथि उचित अनुसन्धान र प्रमाणीकरण गरेपछि बैङ्क, वित्तीय संस्था र सहकारीहरूमार्फत् त्यस्ता ऋणीहरूलाई प्रदान गर्नेछ।
८. ऋण लिन कसरी आवेदन गर्ने?
स्वरोजगार कोषमार्फत् कर्जा प्राप्त गर्न बेरोजगार युवाले कोषसँग कर्जा सम्झौता गरेको बैङ्क, वित्तीय संस्था वा सहकारीमा सम्पर्क गर्नुपर्छ। आवेदन दिँदा देहायका कागजपत्र संलग्न गरेको हुनुपर्छ:
-अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र,
-नागरिकताको प्रमाणपत्र,
-आफूले गर्न चाहेको व्यवसायको व्यावसायिक परियोजना विवरण,
-आफू र एकाघरका परिवारको सम्पत्ति विवरण।
९. कोषबाट कसले लाभ प्राप्त गर्छ ?
१८ देखि ५० वर्षसम्मको उमेरका सबै शिक्षित, अर्धशिक्षित वा अशिक्षित, कुनै पनि पेसा, व्यवसाय र आयआर्जन कार्यमा सलग्न नभएका बेरोजगार व्यक्तिहरूले यसबाट लाभ प्राप्त गर्छन्।
१०. कस्तो व्यवसायले ऋण पाउँछन् ?
व्यावसायिक खेती तथा पशुपन्छीपालन, कृषि तथा वन्य उद्योग, घरेलु तथा साना उद्योग र अन्य व्यापार व्यवसाय,
सहर बजार क्षेत्रमा रिक्सा, ठेलागाडालगायतका स्वरोजगारमूलक, सेवामूलक व्यवसाय,
परम्परागत सीपयुक्त व्यवसाय, पर्यटन (home stay) सम्बन्धी व्यवसाय,
स्थानीय कच्चा पदार्थ र सीपमूलक परियोजना, उत्पादित क्षेत्रमा नै खपत गर्ने परियोजना र एक गाउँ एक उत्पादनसम्बन्धी परियोजनाका साथै द्वन्द्व पीडित व्यक्ति, अपाङ्ग, घाइते र सहिद परिवार, उत्पीडित जाति, जनजाति, दलित तथा महिलाद्वारा सञ्चालन हुने परियोजनाहरूलाई विशेष प्राथमिकता दिने ।
श्रोत : युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालय