११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सर्लाहीका विद्यालयमा बालबालिकाको लागि आउने दिवा खाजामा भ्रष्टाचार

२५ फाल्गुन २०७७, मंगलवार १२:१७

फागुन २५, सर्लाही। हरिपुरलगायतका स्थानका विद्यालयमा बालबालिकाको लागि आउने खाजामा पनि भ्रष्टाचार भएको भन्दै स्थानीय अभिभावकले आक्रोश व्यक्त गरेका छन् । हरिपुर नगरपालिका–८ को इन्द्रपुरमा रहेको इन्द्रपुर प्राविमा खुवाइने दिवा खाजामा गुणस्तरहीन खाजा खुवाई भ्रष्टाचार गरिएको भन्दै अभिभावकले आक्रोश व्यक्त गरेका हुन् । 

विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक मिलेर  सरकारको तर्फबाट बालबालिकाको लागि आउने दिवा खाजामा भ्रष्टाचार गरी गुणस्तरहीन खाजा खुवाएको स्थानीय अभिभावक लक्ष्मी रायको आरोप छ । विद्यार्थीको खाजामा समेत भ्रष्टाचार गरी सरकारले तोकेअनुसारको खाजा नखुवाएको, खाजा बनाउन आएको घ्यू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रजाक धोवी र प्रधानाध्यापक महेन्द्र गिरीले घरमा लगेर गुणस्तरहीन तेलमा खाजा बनाई खुवाउने गरेको विद्यालय व्यवस्थापन समितिकी सदस्य सीता श्रेष्ठ (मुखिया) ले बताउनुभयो । 

नेपाली बजारमा नामै नसुनेको सफारी, साजन, सेफलगायतको नामका तेलमा खाजा बनाएर खुवाउने गरेको र नगरपालिकाले तयार पारिदिएको दिवा खाजा तालिकामा  हेरफेर गरिएको भन्दै आफूहरुले विरोध गरेको अभिभावकको भनाइ छ । आफूहरुले आफ्ना बालबालिकालाई दिनभर काम गरेर भए पनि बालबालिकाको स्वास्थ्यमा ध्यान दिएको तर विद्यालयले स्वास्थ्यमाथि खेलवाड गरी गुणस्तरहीन खाजा खुवाएर भ्रष्टाचार गरेको भन्दै विरोध गरेको उनीहरुको भनाइ छ । कक्षा ५ सम्म सञ्चालित विद्यालयमा करीब १०० विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रधानाध्यापक गिरीले आफूहरुमाथि लगाइएको आरोपको खण्डन गर्दै नेपाल सरकार र स्थानीय सरकारले तोकेअनुसारको नै खाजा खुवाउने गरेको बताउनुभयो । विद्यालयमा घ्यू नआएको र अभिभावकले आरोप लगाएअनुसार घ्यू आफूहरुले नलगेको उहाँले बताउनुभयो ।

त्यस्तै हरिपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख नागेश्वर यादवले नगरले तोकेअनुसारको नै खाजा खुवाएको र यदि कुनै विद्यालयले नगरले तोकेअनुसारको खाजा नखुवाएको पाइएमा आवश्यक कारवाही गर्ने बताउनुभयो । उहाँले तत्कालै नगरभित्रका सबै विद्यालयको स्थलगत अनुगमन गरी नगरले तोकेअनुसार भए नभएको अनुगमन गर्ने बताउनुभयो । 

स्थानीय सरकारले हरेक दिन फरकफरक परिकारको खाजा खुवाउनुपर्ने भन्दै तालिका तोकेको छ भने नेपाल सरकारले प्रतिविद्यार्थी दैनिक रु १५ का दरले खाजा  खुवाउन रकमको व्यवस्था गरेको छ । कतिपय विद्यालयमा बजारमा पाइने प्याकिङ भएका बजारको खाजा पनि खुवाउने गरेको पाइएको अभिभावकले बताएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह