२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

होमस्टे प्रवद्र्धनका लागि पदमार्ग

१४ असार २०७८, सोमबार ०४:३९

असार १४, बलेवा (रासस)। कतिपय स्थानमा होमस्टे (घरबास) प्रवद्र्धनको बजेटबाट घर बनाउने, घरभित्रका सामान किन्नमा खर्च भएको सुन्नमा पाइन्छ तर काठेखोला गाउँपालिका–७ रेशमा सामूहिक हित र पर्यटन प्रवद्र्धनका लािग बजेट लगानी गरिएको छ । 

रेशस्थित डोटे देउराली होमस्टे प्रवद्र्धनका लागि पर्यटकीय स्थान संरक्षण र पदमार्ग निर्माण गरिएको छ । रेशस्थित माहुरी झरनामा जाने झण्डै एक किमी लामो पदमार्ग निर्माण गरिएको हो । उक्त पदमार्ग बनेपछि स्थानीयवासीले झरनामा पुगेर घुम्ने क्रम शुरु भएको छ । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले दिएको रु १० लाख र अन्य स्रोत समेत परिचालन गरेर रु १५ लाखमा उक्त पदमार्ग निर्माण भएको वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो ।

यो पदमार्गबाट झरनामा पुगेपछि सानो टहरा र फलामे पुलसमेत बनाइएको छ । घुम्न गएकाहरुले यो पुल तरेर वारि र पारिको दृश्यावलोकन गर्न सक्छन् । “शीतल र आनन्द लाग्ने स्थान रहेछ, यो वनभोज जानेका लागि पनि उपयुक्त स्थान हो”, वडासदस्य कृष्णबहादुर थापाले भन्नुभयोे, “वडाध्यक्षले यस्ता महत्वपूर्ण स्थान हेरेर सही लगानी गर्नुभएको रहेछ ।” आगामी हिउँदमा वनभोज स्थलसमेत राख्ने योजना लामिछानेले सुनाउनुभयो । 

डोटे देउरालीमा आठ घर होमस्टे छन् । जिल्ला र बाहिरबाट आएका २० जनासम्मको समूहलाई जैविक खाना खुवाएर राख्न सक्ने गरी यो होमस्टे निर्माण भएको हो । “घर सरसफाइ, जैविक खाना र शुद्ध पानीको व्यवस्था घरघरमै भएको छ”, लामिछानेले भन्नुभयो, “एक दिने घुमाइका लागि आउनेलाई पनि यो राम्रो गन्तव्य बन्छ भनेर लगानी गरियो ।” होमस्टेबाट धौलागिरि र माछापुछ्रे हिमाली शृङ्खला पनि देख्न सकिन्छ । 

पर्यटन प्रवद्र्धनकै लागि होमस्टे नजिकै मदन भण्डारी पार्कसमेत निर्माण भएको छ । घुम्न आएका पाहुनाहरु यहाँ बसेर हिमाली दृश्य र रेशका अधिकांश बस्ती हेर्न सक्छन् । यहाँबाट बिहुँ, भीमापोखरा, पञ्चकोटसहितका क्षेत्र देखिन्छ । वडाको बजेटबाट गत वर्ष बनाइएको यो पार्क सम्पन्न गर्न रु पाँच लाख मात्रै खर्च भएको लामिछानेले जानकारी दिनुभयो । 

“बिहान बेलुकी काम गरेर थाकेका स्थानीयवासीले थकाइ मार्न पनि पार्क पुग्ने गर्छन्”, स्थानीयवासी रनमाया थापाले भन्नुभयो, “यो पार्कले गाउँको मुहारै फेरिदिएको छ ।” यहाँ कम्पाउण्ड तारबार लगाएर घेरिएको छ । बीचमा पोखरी र पानीको फोहोरा राखिएकोले धेरैको आर्कषक बनेको हो । राष्ट्रिय झण्डा राखिएकोले फोटो खिच्नेका लागि पनि उपयोगी भएको छ ।

वडाभित्रका पर्यटकीय गन्तव्य, मठमन्दिर र गाउँ जोड्ने पदमार्ग र सडकहरु स्तरीय बनाउनसमेत वडाले लगानी गरेको छ । सबै टोलमा पुग्ने स्तरीय सडक बनाइएकोले बर्सातमा पनि नियमित सवारी साधन सञ्चालन भएको लामिछानेले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य