२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोरखाको धार्चे गाउँपालिकामा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध : धादिङको होटलबाट कार्यालय सञ्चालन

२०७८, १५ असार मंगलवार ०८:५१

असार १५, गोरखा (रासस)। सिङ्गो गाउँपालिका नै विद्युत् र इन्टरनेटविहीन भएपछि गोरखाको एक स्थानीय तहले गाउँपालिकासँग जोडिएको छिमेकी जिल्ला धादिङबाट कार्यालय सञ्चालन गर्न शुरु गरेको छ । 

जिल्लाको धार्चे गाउँपालिकाले विद्युत् र इन्टरनेट बिना सेवा प्रवाह गर्न कठिन भएपछि आजदेखि धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाको एक होटल भाडामा लिएर कार्यालय सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिनुभयो । असार लागेसँगै लगातारको वर्षाका कारण आएको बाढीपहिरोले विद्युत्को पोल ढलेको हुँदा पालिकाको कार्यालय रहेको माछाखोलामा लामो समयसम्म विद्युत् सेवा अवरुद्ध हुँदै आएको छ । “विद्युत् सेवा र इन्टरनेटको अभावमा सेवा प्रवाह गर्न समस्या भइरहेको छ”, उहाँले भन्नुभयो, “आर्थिक वर्ष सकिनै लाग्दा सम्पन्न भएका योजनाको भुक्तानी गर्न समेत समस्या भएको छ ।” गत जेठको अन्तिम सातादेखि अवरुद्ध भएको विद्युत् सूचारु हुने अवस्था नभएपछि गाउँपालिकाले अस्थायी रुपमा स्थापना गरेर भएपनि कार्यालय सञ्चालनमा ल्याउन वाध्य भएको अध्यक्ष गुरुङको भनाइ छ । 

“कामको चाङ छ, केही गर्न नै पाइएको छैन”, गाउँपालिकाका उपाध्यक्ष फुलमायाँ गुरुङले भन्नुभयो, “आइतबारदेखि कार्यालयका झिटीगुन्टा लिएर धादिडको त्रिपुरा सुन्दरीमा अस्थायी कार्यालय स्थापना गरि काम थालेका छौ ।” माछीखोलामा नै बसेर कार्यालयको काम सम्पन्न गर्न सक्ने अवस्था नभएपछि अस्थायी रुपमा कार्यालय स्थापना गरेर भएपनि सेवाग्राहीलाई सेवा दिइरहेका छौं, उहाँले भन्नुभयो । असार लागेसगै परेको अबिरल वर्षापछि आएको बाढी र पहिरोले आरुघाटदेखि माछीखोलासम्म जडान गरिएको राष्ट्रिय प्रशारण लाइनको विद्युत् पोल दर्जनौ स्थानमा ढलेका छन् । पोल ढलेका कारण विद्युत् सेवा प्रवाह गर्न समस्या भएको बताइएको छ । त्यस क्षेत्रमा तत्कालै विद्युत् प्रवाह गर्न सक्ने अवस्था नरहेको सल्यानटार विद्युत् प्रशारण केन्द्रले जनाएको छ । 

“बुढीगण्डकी नदीको बगरबाट माछाखोलासम्म पुरयाइएको विद्युत्को हाइटेन्सन लाइन बाढीका कारण नदीको बीच भागमा पुगेको छ”, गाउँपालिकाका अध्यक्ष गुरुङले भन्नुभयो, “भिरालो स्थानका केही पोलहरु पहिरोले कामै नलाग्ने गरी विग्रिएको छ । विद्युत् र इन्टरनेट सुचारु हुनासाथ पुनः आफ्नै कार्यालयबाट सेवा प्रवाह गरिनेछ ।” नेपाली सेनाले सुचारु गरेको आरुघाट—माछीखोला सडकअन्तर्गत विभिन्न स्थानमा सोमबार राति पहिरो जाँदा अवरुद्व बनेको छ । सडक अवरुद्ध हुँदा मान्बु हुँदै काशीगाउँ भएर मात्र माछीखोला पुग्नु पर्ने वाध्यता छ ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह