१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आंशिक सञ्चालनमा आयो डुम्रे–बन्दीपुर सडक

२० असार २०७८, आईतवार ०५:५७

कृष्ण न्यौपाने । असार २०, दमौली (रासस)। पहिराले अवरुद्ध  डुम्रे–बन्दीपुर सडकखण्ड चारदिनपछि आंशिकरूपमा सञ्चालनमा आएको छ । डिभिजन सडक कार्यालय र  जिल्ला प्रशासन कार्यालय तनहुँको सहयोगमा सो सडक मरमत  गरिएपछि शनिबारदेखि आंशिकरूपमा सञ्चालनमा आएको हो । 

पृथ्वीराजमार्गको डुम्रेबाट सात किमिको दूरीमा रहेको बन्दीपुर जाने सडकमा ठाउँ–ठाउँमा पहिरो झरेर अवरुद्ध भएको थियो । आंशिकरूपमा सडकखण्ड सञ्चालनमा आएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो । “चार दिनदेखि सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या भइरहेको थियो, आंशिकरूपमा भए पनि सञ्चालनमा आएपछि केही सहज भएको छ”, उहाँले भन्नुभयो । 

पहिराले बन्दीपुरका अधिकांश ग्रामीण सडक अवरुद्ध छ । गाउँपालिकाले बन्दीपुर गाउँपालिका–२ ढाडखोलाको पहिरो पनि हटाउन शुरु गरेको छ । पहिरोले ढाडखोला मोटरमार्गमा ठूलो क्षति पुर्याएको छ । ठाउँठाउँमा सडक भासिएको छ । पहिरोले गाउँपालिकाभित्रका सडक, विद्युत्, टेलिफोन, इन्टरनेट र खानेपानीमा क्षति पुगेको छ । 

गाउँपालिकाले बाढीपहिरा पीडित भएकालाई राहत वितरण शुरु गरेको छ । बन्दीपुर–२ का ७९ पहिरो पीडितलाई शनिबार त्रिपाल र चामल वितरण गरिएको उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश घर बस्न नमिल्ने गरी जोखिममा परेको छ । “कोही चर्चमा, कोही बाल विकास केन्द्र, कोही विद्यालय र सामुदायिक भवनमा आश्रय लिन बाध्य छन्”, उहाँले भन्नुभयो । बाढीपहिराले गाउँपालिकाभित्रका करिब १७२ घर जोखिममा परेको छ । बन्दीपुर–१, २, ३ र ४ मा बाढीपहिरोबाट बढी क्षति पुगेको जनाइएको छ । 

खुले सरकारी कार्यालय

कोरोना कहर र निषेधाज्ञाका कारण दुई महिनादेखि बन्द सरकारी कार्यालयका सेवा आजदेखि सञ्चालनमा आएको छ । गत वैशाख २२ गतेदेखि निषेधाज्ञा जारी भएपछि सरकारी कार्यालयले आन्तरिक सेवाबाहेकका कार्य स्थगन गरेका थिए । लामो समय कार्यालयको सेवा प्रवाह रोकिँदा सर्वसाधारणलाई समस्या परेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले आजदेखि कार्यालयका सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर सबै कार्यालयले सेवा दिनेछन् । 

मालपोत कार्यालयले बारअनुसार सर्वसाधारणलाई सेवा प्रवाह गर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले  सरकारी कार्यालयका सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै मालपोतले बारअनुसारको तालिका सार्वजनिक गरेको हो । मालपोत अत्यधिक भीडभाड हुने कार्यालय भएकाले सेवा प्रवाह गर्दा स्वास्थ्य मापदण्ड अपनाइने कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले बताउनुभयो । जिल्लाका १० वटै स्थानीय तहलाई बारअनुसार सेवा प्रवाह गरिने उहाँले बताउनुभयो । 

कार्यालयका अनुसार आइतबार र सोमबार व्यास, मङ्गलबार शुक्लागण्डकी, बुधबार भिमाद, ऋषिङ, म्याग्दे, बिहीबार भानु, देवघाट, घिरिङ र शुक्रबार बन्दीपुर र आँबुखैरेनीका सर्वसाधारणलाई सेवा दिइनेछ । बारअनुसार पालिका छुट्याउँदा कार्यालयमा सेवाग्राहीको भीड कम भई सङ्क्रमणको जोखिम न्यून हुने भएकाले यो विधि अपनाइएको उहाँले बताउनुभयो । जिप्रकाले यही असार १६ गतेसम्म जारी रहेको निषेधाज्ञालाई लम्ब्याएर  असार २४ गतेसम्म पु¥याएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह