१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उत्तरी गोरखामा हेलिकोप्टरमार्फत चामल ढुवानी

२४ असार २०७८, बिहीबार ०८:०५

असार २४, गोरखा (रासस)। बाढी र पहिराले सडक मार्ग अवरुद्ध भएपछि उत्तरी गोरखामा हेलिकोप्टरमार्फत चामल ढुवानी  गरिएको छ । नेपाली सेनाको हेलिकोप्टर मार्फत्  बुधबार करिब ८५ क्विन्टल चामल पुर्याइएको चुमनुब्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिनुभयो । खाद्य तथा व्यापार कम्पनी लिमिटेडका सहुलियतका चामल सिर्दीबास पु¥याएको उहाँले बताउनुभयो ।

 जेठको अन्तिम सातादेखि नै लगातार परेको अविरल वर्षाका कारण सो गाउँपालिकामा सडक तथा पैदलबाट समेत अवरुद्ध भएपछि चामल ढुवानी गर्न समस्या हुँदै आएको थियो ।

“चामल ढुवानीका लागि अहिले त्यस क्षेत्रमा खच्चडसमेत हिँड्ने बाटो छैन”, उहाँ भन्नुभयो, “कुनै विकल्प नभएपछि हारगुहार गर्दा गृहले सेनाको हेलिकोप्टर उपलब्ध गराइदिएपछि चामल ढुवानी गर्न सम्भव भएको हो ।” हेलिकोप्टरबाट दुवानी गरिएको चामल खाद्य तथा व्यापार कम्पनी लिमिटेड सिर्दिबास डिपोमा राखिएको उहाँले बताउनुभयो ।

लगातारको अविरल वर्षाका कारण आएको बाढीपहिराले सडक, पैदल बाटोसँगै सञ्चार सम्पर्कसमेत बिच्छेद बनेको अध्यक्ष गुरुङले बताउनुभयो । मौसम सफा भएलगत्तै हेलिकोप्टरबाट थप चामल ढुवानी गरिने उहाँले जानकारी दिनुभयो । लिमिटेडले सिर्दिबास डिपोमा १५० क्विन्टल पुर्याउने योजना रहेको कार्यालयका सूचना अधिकारी शिव सुनारले जानकारी दिनुभयो ।

कम्पनीले चालु आवमा तीन हजार ५०० क्विन्टल चामल ढुवानी गनुपर्नेमा अहिलेसम्म दुई हजार क्विन्टल मात्र सिर्दिबास पुर्याएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह