२८ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरोनाले खोस्यो गन्धर्वको गाँस

३० असार २०७८, बुधबार ०९:३६

असार ३०, गलेश्वर (रासस)। विश्वव्यापि महामारीको रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमणका कारण गरिखाने वर्गको दैनिकी अस्तव्यस्त बन्दै जान थालेको छ । आफ्नै घर गाउँमा बेरोजगार भइसकेका विपन्न र मजदूरलाई स्थानीय तह र विभिन्न सङ्घ संस्थाले सहयोग गर्दै आएका भए पनि सारङ्गी बोकेर गाउँशहर डुली गीत गाउँदै सुखदुःख र घटना दुर्घटनाका खबर सुनाउने घुमन्ते गन्धर्वको पेशा त सङ्कटमा परेको छ नै उनीहरुको खाने गाँस समेत खोसिएको छ ।

म्याग्दीको बेनी नगरपालिका– २ फाँपरखेतबाट बसाइँसरी बागलुङको बलेवा गएर पुन ः आफ्नै जन्मथलोमा फर्र्किएका सोमबहादुर गन्धर्वले विभिन्न जिल्लाका गाउँबस्तीमा पुगी सारङ्गी रेट्दै गीत गाएर त्यसबाट कमाएको पैसाले साँझबिहानको गाँस टार्ने गर्नुहुन्थ्यो ।

तर, नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणको दोस्रो लहरका कारण निषेधाज्ञा जारी भएपछि उहाँको दैनिकी असहज बन्दै गएको छ । २०३० सालमा २० वर्षको उमेरदेखि सारङ्गी भिरेर विभिन्न जिल्लाका गाउँगाउँमा गीत गाउँदै निस्केका गन्धर्वका छोराछोरी नभएकाले अरुले दिएकै भरमा आफ्नो गुजारा चलेको उहाँले बताउनुभयो । देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि आफ्नो अवस्था भने चार दशक अघिकै जस्तो भएको बताउँदै गन्धर्वले खाने गाँस र बस्ने बासको अभावकै कारण कतिपय गन्धर्व आफ्नो पुख्र्यौली पेशाबाट विस्थापित भई वैकल्पिक पेशा अपनाएको बताउनुभयो ।

कुनै दिन मुम्बई  गोरखपुर र कोलकत्ताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासूले बुहारीलाई दुःख दिएको, विदेशमा युद्धमा लड्दालड्दै वीरगति प्राप्त गरेका खबरको बाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गन्धर्वहरु कोरोना सङ्क्रमण शुरु हुनुभन्दा अघि फाट्टफुट्ट् देखिने गरेकोमा कोरोनाका कारण हिजोआज देखिन छोडेका छन् ।

देश विदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मङ्गला, बारामास, सन्देश, धनसीरा, मल्लार, सरुमैरानी, कला खलेनी, असारेलगायतका भाखामा खबर दिँदै घुम्ने गन्धर्व अहिले गरिबीकै कारण पेशा परिवर्तन गर्न बाध्य भएको उनीहरुको भनाइ छ । “सारङगीको धुनमा घटनाक्रमलाई सिलसिलेवार कलात्मक ढङ्गबाट प्रस्तुत गरिरहँदा चौफेरामा बस्नेको आँखा रसाउँथे”, बगरफाँटका ८६ वर्षीय बेदप्रसाद उपाध्यायले भन्नुभयो,“गीत सङ्गीतको माध्यमबाट सूचना र समाचार बाँड्दै जनतालाई सुसूचित बनाउने गन्धर्वका सारङ्गीको धुन नसुनेको धेरै भयो ।”

सूचना र सञ्चारको पहुचसँगै ग्रामीण क्षेत्रमासमेत पाश्चात्य गीत सङ्गीतको प्रभाव बढ्दै गइरहेको बेला कहिलेकाहीँ गाउँघरमा डुल्दै आउने र सारङ्गी रेटेर विरहका भाका गाउने गन्धर्वले पछिल्लो समय विकास निर्माण, जनप्रतिनिधिप्रतिको निराशा र सामाजिक बेथितिका गीतसमेत गाउन थालेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस हुने मकवानपुरमा दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा नेकपा एससँग एकता गर्न हच्किए वामदेव गौतम, अभियानको बैठक अनिर्णित आर्मीले जित्यो पहिलो खेल, पुलिससँग फाइनल खेल्ने पक्का जय ट्रफीमा आर्मीलाई मधेशले दियो २८ रनको लक्ष्य लोकसेवा आयोग, विद्युत् प्राधिकरण र शिक्षा मन्त्रालयविरुद्ध सर्वोच्चमा रिट दायर नेपालमा टी२०आई खेल्न आउने नेदरल्याण्ड्स महिला क्रिकेट टोलीको घोषणा जय ट्रफी एलिट कप क्रिकेट: रित र शुभको अर्धशतकमा बागमतीले दियो पुलिसलाई ११६ रनको लक्ष्य काठमाडौँ जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु सरकारले अध्यादेश ल्याउनु गलत, ओली एकलौटी अघि बढे : एनपी साउद दुई हजार करोड क्लबतर्फ लम्किँदै ‘पुष्पा-२’ कोलम्बियामा विमान दुर्घटना: १० जना मृत फेला, ५ जना एकै परिवारका शिक्षिकाले लाठीले पिट्दा युकेजी पढ्ने बालकको आँखा फुट्यो, मुद्दा फिर्ताका लागि दबाब आज रविविरुद्धको थुनछेक बहस नसकिए रविलाई अदालतले हिरासत पठाउन सक्ने ललितपुरमा पार्किङ गरेर राखिएको कारमा आगलागी रवि लामिछानेको बयान न्यायाधीश अधिकारीको इजलासमा आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार? आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौ : गृहमन्त्री लेखक काठमाडौँ–४ का पूर्व वडाअध्यक्ष ७ करोड ठगेको आरोपमा पक्राउ तीन तहको सरकारमा विभाजन हुँदा आयोजनाहरु समस्याग्रस्त भएका छन् : रवी सिंह