१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बचतकर्ताको लाखौँ रकम गोलमाल

३१ असार २०७८, बिहीबार ०७:३०

गोपालप्रसाद बराल। असार ३१, महोत्तरी (रासस)। अहिले सञ्चित रकम पछि काम लाग्ने आशले सहकारीमा रकम बचत गरेका महोत्तरीको बर्दिबासका बचतकर्ता अहिले घरका न घाटका भएका छन् । पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय र सञ्चालकसँग सम्पर्कविच्छेद भएपछि बचतकर्तामा छटपटी बढेको हो ।

“भोलिको दुःखको साथी हुने आशमा बचत गर्यौं भन्ने थियो, तर सहकारीको कार्यालय र सञ्चालक भेट्न छाडिएपछि अब छाँगाबाट खसेजस्तै भएको छ”, स्थानीयवासी रामकुमार श्रेष्ठले भन्नुभयो, “हामी ठगिएछौँ, रु दुई लाख बचत फिर्ता पाउनुपर्ने छ, दुई वर्षदेखि आफ्नै रकम खोज्दै हैरान छौँ ।”

उहाँजस्ता सयौँ बचतकर्ता अहिले आफ्नो रकम खोजी गरिदिन बर्दिबास सहकारी सञ्जाल, बर्दिबास नगरपालिकाको सहकारी शाखा र अरु विभिन्न निकायमा दौडिरहेका भेटिन्छन् । बर्दिबासमा सञ्चालित पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय हटाइएको छ । सञ्चालक बर्दिबास–१ कै बासिन्दा नीरकमल कार्की पनि सम्पर्कमा नभेटिएपछि बचतकर्ता मात्र नभएर बचत सङ्कलक पनि अप्ठ्यारोमा परेका छन् । विसं २०७६ चैतदेखि संस्था र सञ्चालक सम्पर्कविहीन भएको सोही संस्थामा बचत सङ्कलनकर्ता भएर काम गरेकी जानुकाकुमारी तामाङ बताउनुहुन्छ ।

“दैनिक बचत रकम सङ्कलन गर्न त हामी सङ्कलक पुग्थ्यौँ”, उहाँले भन्नुभयो, “त्यसैले बचतकर्ताको पहिलो भनाइको चोट हामीले खेप्नुपर्छ ।” आफूले सङ्कलन गरेको नै करिब रु ५० लाख बचत फिर्ता दिन बाँकी रहेको उहाँको भनाइ छ । 

पछिल्लोपटक संस्था र सञ्चालक दुवै नभेटेपछि बचतकर्ता हारगुहार माग्दै  नगरपालिका र  सहकारी सञ्जाल पुगेपछि यो घटना सार्वजनिक भएको हो । पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाले विसं २०७४ देखि कारोबार शुरु गरेर २०७६ चैतदेखि सम्पर्कमा नआएको बचतकर्ता र बचत सङ्कलक बताउँछन् ।

नगरकाको सहकारी शाखा र सञ्जाल दुवैले समन्वयको प्रयत्न गरे पनि संस्था सञ्चालक कार्की बचतकर्ताको रकम दिन आनाकानी गरिरहेका छन् । “बचतकर्ता र बचत सङ्कलकको गुनासो बुझ्न सञ्चालक कार्कीसँग सम्पर्क गरियो”,सञ्जालका अध्यक्ष शङ्कर श्रेष्ठले भन्नुभयो, “उहाँले पटकपटक बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएर पनि फिर्ता भने गर्नुभएन ।” सो सहकारी संस्था सञ्जालमा आवद्ध नभएको र आफ्नो संस्था न्यायिक निरुपण गर्ने नभएको हुँदा नगरपालिका जान बचतकर्तालाई सुझाएको उहाँको भनाइ छ ।

नगरपालिकाले दुई/तीन पटक सञ्चालक कार्कीलाई खोजेर समन्वयात्मक छलफल चलाए पनि समाधान भने नभएको  शाखाकी समन्वयकर्ता प्रेमा कार्कीले जानकारी दिनुभयो । “हामीसँगको छलफलमा सञ्चालक कार्कीले बचतकर्ताको रकम दिनपर्ने स्वीकार त गर्नुभयो”, उहाँले भन्नुभयो, “तर रकम फिर्ता गर्न उहाँले लिनुभएको समय बराबर फेल भए ।” बचतकर्ताको रकम कार्यालयबाट गोलमाल भएको स्वीकार्ने सञ्चालक कार्कीले सो रकम फिर्ता गर्न सहमति जनाए पनि रकमको जोहो हुन नसकेको जनाउँदै समय लम्ब्याउने गरेका बताइएको छ । आफ्नो पासबुकसहितका कागजात सबै संस्थाको कार्यालयमा बुझाएको र अब आफूहरुसँग कुनै प्रमाण नरहेको हुँदा बचतकर्ता बचत फिर्ता पाउनेमा अन्योलमा छन् । 

यसैबीच नगरपालिकाले संस्था सञ्चालक कार्कीलाई तीन दिनभित्र बचतकर्ताको सबै हरहिसाब पेश गरेर रकम फिर्ता नगरे कारवाहीका स्थानीय प्रशासन र प्रहरी कार्यालयमा अनुरोध गर्ने जनाएको छ । संस्थाले हरहिसाब नै नदेखाएपछि कति रकम फिर्ता गर्नुपर्ने यकिन नभए पनि बचतकर्ता र सङ्कलकको भनाइबाट रु एक करोड ५० लाखभन्दा बढी बचतकर्ताको रकम हिनामिना भएको अनुमान गरिएको शाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै आजदेखि सकियो दसैँ बिदा, सरकारी कार्यालय खुल्दै सुदूरपश्चिम रोयल्समा अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हज नियुक्त ताइवानको तटमा चीनको सैन्य अभ्यास, तनाव वढ्यो (फोटो फिचर) हिजबुल्लाहद्वारा इजरायलमा ठूलो आक्रमण: चार इजरायली सेनाको मृत्यु २३९ यात्रु रहेको विमानमा बम रहेको धम्की, दिल्लीमा अवतरण गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एसियाले उडान गर्दै, यस्तो छ तयारी लमजुङमा जिप दुर्घटना: २२ जना घाइते, ५ जना भरतपुर लगियो पोल्याण्डमाथि पोर्चुगलको शानदार जित, शतप्रतिशत जितको लय कायम