१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुदूरपश्चिम प्रदेशमा ७९ हजार सवारीसाधन कारवाहीमा

३ श्रावण २०७८, आईतवार १२:३०

साउन ३, टीकापुर (रासस)। गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा ७९ हजार ८९ सवारीसाधन कारवाहीमा परेका छन् । 

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा कारवाहीमा परेका सवारी चालकबाट रु चार करोड ५७ लाख ६७ हजार राजश्व सङ्कलन भएको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी २९ हजार २८३ मोटरसाइकल, १८ हजार २२४ जीप र कार, १४ हजार २६९ ट्रक, ११ हजार ७५८ ट्र्याक्टर, दुई हजार ८४३ बस र दुई हजार ७१२ अन्य सवारीसाधन कारवाहीमा परेका छन् । 

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ५६ हजार १५३ सवारीसाधनको कारवाहीबाट रु  तीन करोड ३१ लाख ९९ हजार ५०० राजश्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्षमा २२ हजार ९३३ बढी सवारीसाधन कारवाहीमा परेका छन् भने रु एक करोड २५ लाख ६७ हजार ५०० राजश्व बढी सङ्कलन भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

सवारी चालकले ट्राफिक नियम उलङ्घन र ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गर्दा सवारीसाधन बढी कारवाहीमा परेका र त्यसबाट राजश्व बढी सङ्कलन भएको उहाँको भनाइ छ । ‘‘हामीले चेकजाँचमा वृद्धि गरेका हौं । जसले राजश्वसमेत बढेको छ’’, उहाँले भन्नुभयो, ‘‘कारवाही हुने सवारीको सङ्ख्यासमेत बढेको छ ।’’

गत वर्ष यो प्रदेशमा ५६२ सवारी दुर्घटनामा ७८३ सवारीसाधनमा क्षति भएको थियो भने १८७ जनाको ज्यान गएको थियो । सो अवधिमा ५८७ गम्भीर र ५०९ जना सामान्य घाइते भएका थिए । सडकको अवस्था, नागरिकको लापरवाही र तीव्रगतिका कारण सवारी दुर्घटना बढिरहेको र त्यसमा कमी ल्याउनका लागि सबै पक्ष सचेत हुन आवश्यक रहेको प्रवक्ता सिंहले बताउनुभयो । ‘‘कच्ची सडक, सवारीको सङ्ख्यामा वृद्धि, मदिरा सेवन दुर्घटनाका मुख्य कारण छन्’’, उहाँले भन्नुभयो, दुर्घटना न्यूनीकरणका लागि सबै सचेत भएमा कमी आउन सक्छ । यहाँ ट्राफिक नियमपालना नगर्नु, भौगोलिक अवस्था, चालकको लापरवाही आदि कारणले दुर्घटना बढाएको छ ।’’

प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेशभरी विभिन्न खाले जनचेतनामूलक कार्यक्रमसमेत गर्ने गरेको छ । ट्राफिक नियमपालना गराउन पम्पलेट बाड्ने, विभिन्न सङ्घसंस्थाको सहकार्यमा सडक नाटक देखाउने र विद्यालयस्तरीय कार्यक्रम गर्ने कार्य गर्ने गरेको उहाँको भनाइ छ  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह