१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेँसीशहर–चामे सडकखण्ड : नयाँ ट्र्याक खोल्न अध्ययन शुरु

१० श्रावण २०७८, आईतवार ०८:३३

नवीन लामिछाने । साउन १०, मनाङ (रासस)। जिल्लालाई पुनः सडक सञ्जालसित जोड्न अध्ययन थालिएको छ । बाढीपहिराका कारण गत जेठ १४ गतेदेखि बेँसीशहर–चामे सडकखण्ड अवरुद्ध छ । साथै जिल्ला सञ्चार र विद्युत्समेतबाट समेत सम्बन्ध टुटेको  छ । 

सो सडक खण्डको धेरै भागमा नयाँ ट्र्याक खोल्नुपर्ने भएपछि नेपाली सेनाको प्राविधिक टोलीले शनिबारदेखि अध्ययन थालेको जनाइएको छ । प्राविधिक टोलीको नेतृत्व महासेनानी इन्दिवर गुरुङले गर्नुभएको  छ । उहाँकै नेतृत्वमा तत्कालीन समयमा बेँसीशहर–चामे सडकको  ट्र्याक खोल्ने काम सम्पन्न भएको थियो ।

 प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले नयाँ ट्र्याक खोल्न सेनाको प्राविधिक टोलीले अध्ययन थालेको जानकारी दिनुभयो । बेँसीशहर–चामे सडकखण्डको प्रायःजसो ठाउँमा नयाँ ट्र्याक खोल्नुपर्ने भएको छ । सो टोलीले यस्ता स्थानमा सडक निर्माण गर्न मिल्ने, नमिल्ने विषयमा अध्ययन गर्ने नेपाली कांग्रेसका सभापति टेकबहादुर गुरुङले जानकारी दिनुभयो ।“मनाङवासीको सहज र सुरक्षित यातायातका लागि सडक सञ्जालसँग छिटो जोडिनुपर्छ । ” उहाँले भन्नुभयो । 

पूर्वमन्त्री गुरुङ,सेनाका टोली, गण्डकी प्रदेशसभा सदस्यद्वय चिन्ताबहादुर घले र यशोदा सुवेदी गुरुङ, प्रमुख जिल्ला अधिकारी लामिछाने, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सुवास खड्का र समाजसेवी खामसुङ गुरुङलगायतले अध्ययन थाल्नुभएको हो । 

माटोको अवस्था अध्ययन तथा अनुगमनपछि प्राविधिक टोलीले सो सडक खण्डको नयाँ ट्र्याक खोल्ने प्रक्रियामा अगाडि बढ्नेछ । प्राविधिक टोली अध्यायन तथा अनुसन्धानका लागि पुगेपछि जिल्लावासी हर्षित छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह