२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

केबुलकार सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक

२०७८, १२ श्रावण मंगलवार १०:५३

साउन १४, मान्म (रासस)। कालीकोटको नरहरिनाथ गाउँपालिका– १ को कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म जोड्ने केबुलकारको सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक गरिएको छ । 

कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कालीकोटका नौ वटै स्थानीय तहका प्रतिनिधि, कर्णाली प्रदेश योजना आयोग र कर्णाली प्रदेशका मन्त्रीका बीच सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म केबुलकार बनाउने लक्ष्य राखेको छ । नरहरिनाथ गाउँपालिका–१ कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म केबुलकार बनाउनका लागि रु ९४ करोड ४९ लाख ९१५ लागत लाग्ने कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा सर्पराज खड्काले जानकारी दिनुभयो ।

“यसको लम्बाइ दुई हजार १३४ मिटर र उचाइ ८२९ मिटर हुनेछ”, उहाँले भन्नुभयो,“प्रति सेकेन्ड ८ मिटर चल्ने र एक घण्टामा २०० जनाले वारपार गर्न सक्नेछन् ।” नरहरिनाथ गाउँपालिका–१ कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्मसम्म केबुलकारमा पुग्नका लागि १० मिनेटको समय लाग्ने डा खड्काको भनाइ रहेको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धन, आवागमन र आर्थिक विकासका गतिविधिलाई टेवा पुग्ने गरी नीति तथा कार्यक्रममा कालीकोटको कोटवाडादेखि मान्मसम्म केबुलकार, सुर्खेत–सिद्धपाइला र मुगुको रारा–मुर्माटपलगायतका स्थानमा केवलकारको निर्माणको सम्भाव्यता अध्ययन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइने लक्ष्य राखेको प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

कोटवाडामा विमानस्थल बन्दै गरेको र काम अन्तिम चरणमा रहेकाले विमानस्थल नियमित गर्नका लागि पनि केबलकार आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताउनुभयो । 

केबुलकार सञ्चालनमा आएमा सो क्षेत्रका नागरिकको आर्थिक अवस्थामा परिवर्तन आउने प्रदेश सरकार भौतिक पूर्वाधारमन्त्री अम्मरबहादुर थापाले बताउनुभयो । “केबुलकार बनेमा पर्यटन क्षेत्र चलायमान हुन्छ । पर्यटन क्षेत्रबाट त्यहाँका नागरिकले आर्थिक लाभ लिन सक्छन्”, उहाँले भन्नुभयो,“चालू आर्थिक वर्षबाट नै केबुलकारको निर्माण प्रक्रिया अगाडि बढाइने छ ।”


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी