२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ललितपुरमा ‘नो रेबिज, नो बेबिज’ अभियान

२०७८, २ भाद्र बुधबार ११:४५

भदौ २, ललितपुर (रासस)। ललितपुर महानगरपालिकामा  सामुदायिक (भुस्याहा) कुकुरलाई रेबिजविरुद्धको खोप र बन्ध्याकरण गरी ‘नो रेबिज, नो बेबिज’ अभियानको थालनी गरिएको छ । ‘रेबिजमुक्त ललितपुर’ को सपना साकार तुल्याउन महानगरपालिकाको पहल र स्नेहा केयरको सहयोगमा सो कामको थालनी मङ्गलबारदेखि गरिएको हो । मुलुकले आउँदो सन् २०३० सम्म रेबिजबाट हुने मृत्युदर शून्यमा झार्ने लक्ष्य लिइरहँदा खासै पहल नगरेको देखेपछि आफूहरू सो काममा लागिपरेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले २९ वडाभित्रका कुकुरलाई खोप दिन थालिसकेका छौं  । यसबाट मानिसलाई समेत हुनसक्ने जोखिमको मूल्याङ्कन गरी अघि बढ्न जरुरी देखियो ।” यसैगरी सडकमा घाइते भएका छाडा चौपायाको व्यवस्थापन अनि रेखदेख तथा उद्धारका लागि एउटा भेटनरी एम्बुलेन्स खरिद गर्ने प्रक्रिया अघि बढिरहेको महर्जनले जानकारी गराउनुभयो । 

मङ्गलबार महानगरपालिका–१६ स्थित पाटन दरबार परिसरमा ८५ र आज ७२ गरी कूल १५७ कुकुरलाई खोप लगाइसकेको विगत सात वर्षदेखि पशु कल्याणसम्बन्धी कार्यक्रम गर्दै आएको संस्थाका संस्थापक अध्यक्ष स्नेहा श्रेष्ठले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो संस्थामा रहेको एप्सले कुकुरको सङ्ख्या गन्ती गर्छ र यसलाई स्प्रे गरी खोप लगाइन्छ । खोप लगाएको ठाउँमा चार वा पाँच दिनपछि गएर हेर्दा यदि कुनै कुकुरको जीउमा स्प्रे गरेको देखिएन भने त्यसलाई समातेर स्प्रे गरी खोप लगाएर रेबिजमुक्त गराइन्छ ।” विगत दुई वर्ष पहिले महानगरपालिकामा लगभग १० हजार सामुदायिक कुकुरलाई खोप लगाइएको र यस पटक भने भालेपोथीसमेत छुट्टाएर तथ्याङ्क सङ्कलन गरी बन्ध्याकरण गर्ने योजना बनाइरहेको श्रेष्ठले बताउनुभयो । 

ललितपुरमा सो अभियान सफल बनाउन हरेक दिन बिहान  ५ः३० देखि १० बजेसम्म कुकुर भोकाएर फोहर खाने ठाउँमा जम्मा भएका बेला स्प्रे गरी रेबिजको खोप दिइरहेको श्रेष्ठको भनाइ छ । “दिउँसो र बेलुका कुकुर एकै ठाउँमा नबस्ने र मानिसको पनि भीडभाड हुने भएकाले आउँदो असोज १३ अर्थात् २९ सेप्टेम्बर ‘विश्व रेबिज दिवस’का दिनसम्म ललितपुरमा खोप लगाइसक्ने योजनाअनुरुप धमाधम काम गरिरहेका छौँ, उहाँले थप्नुभयो । 

मुलुकमा कोरोना महामारी बढेर बन्दाबन्दी भएको समयमा सो संस्थाले दुई हजार ५०० देखि तीन हजार कुकुर, बाँदर, गाईलाई बिस्कुट, उसिनेको आलु, केरा, चना, चामलका कनिका र बन्दाकोपीको पात आदि खुवाएर रेखदेख गरेको बताइएको छ । रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो । रेबिज लागेको कुकुरले अर्काेलाई टोक्दा एकपछि अर्काेमा सर्दै जाने र त्यसको र्यालमा रहेको भाइरस टोकाइबाट घाउका माध्यम हुँदै शरीरमा प्रवेश गर्ने गर्छ । मानिसमा रेबिज लागेमा ज्वरो आउने अनि शरीर झमझमाउने आदि लक्षण देखिनाका साथै पानी, तथा हावादेखि डराउने, चिटचिटाहट हुने र रिसाउने समस्या पनि देखिन्छ । सो कुकुरले टोकेको ४८ देखि ७२ घण्टासम्म सुई लगाउनुपर्ने चिकित्सकको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी