१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पहिराका कारण पासाङल्हामु राजमार्ग अवरूद्व

७ भाद्र २०७८, सोमबार १०:२६

भदौ ७, रसुवा (रासस)। भारी वर्षासँगै आएको पहिराका कारण धुञ्चे–ठूलोभार्खुबीचको पासाङल्हामु राजमार्ग अवरूद्व भएको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालका अनुसार धुञ्चेभन्दा पारिपट्टी खोपाङ पाखाको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन पूर्णरूपमा बन्द भएको हो । नेपाल चीनबीचको व्यापार व्यवसाय गर्ने एकमात्र अन्तर्राष्ट्रिय राजमार्ग भएका कारण छिटोभन्दा छिटो खुलाउन पहल कदमी शुरू भइरहेको बताइएको छ ।

राजमार्ग अवरूद्ध हुँदा दर्जनाँै सवारीसाधन बीचबाटामै अलपत्र परेका छन् । उत्तरी रसुवामा आकस्मिकरूपमा पर्ने बिरामीसमेत जिल्ला अस्पताल धुञ्चे ल्याउन समस्या उत्पन्न भएको छ । आकस्मिक पहिरो पन्छाउने प्रयोजनका लागि सडक विभागले धुञ्चेमा राखिएको लोडर सञ्चालन गर्न अपरेटर नहुँदा पहिरो पन्छाउन समस्या उत्पन्न भएको ट्राफिक प्रहरीले जनाएको छ । धुञ्चेमा उपकरण भएको र चालक भने काठमाडौँतर्फ गएको ट्राफिक प्रहरीको भनाइ छ ।

पछिल्लो जानकारीअनुसार स्याफ्रुबेँसीमा रहेका एक सडक प्राविधिकले स्थलगत निरीक्षण गरी मङ्गलबारसम्म राजमार्ग सञ्चालन गराउने प्रतिबद्वता गरेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो । राजमार्ग खोल्नका लागि स्याफ्रुबेँसीतर्फ रहेका उपकरण ल्याउने तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह