१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बलेवा विमानस्थल निर्माण कछुवा गतिमा

१३ भाद्र २०७८, आईतवार ०९:३७

खेमराज गौतम । भदौ १३, गलकोट (रासस)। निर्माण व्यवसायीले सरसरर्ती निर्माणको काम गरेको भए यतिबेला बागलुङको बलेवा विमानस्थल जहाज उड्नसक्ने हुन्थ्यो । निर्माण व्यवसायीको ढिलासुस्ती, कोरोना र वर्षाका कारण बलेवा विमानस्थलको दुई पटक म्याद सकिँदासमेत काम सम्पन्न हुनसकेको छैन । 

धावनमार्गको कालोपत्रको जिम्मा लिएका निर्माण व्यवसायीले कोरोना र वर्षाका कारण समयमै काम सक्न समस्या भएको जनाउँदै आएका छन् । एक वर्षमा नै सक्ने विमानस्थल दुई वर्ष बित्दासमेत निर्माणको काम कछुवा गतिमा छ । नागरिक उड्डयन प्राधिकरणले छ महिना म्याद थप्दासमेत निर्माणको काम नसकेर पुनः असारदेखि म्याद सकिएको छ । 

विमानस्थललाई बाह्रै महिना सञ्चालनका लागि धावनमार्ग कालोपत्र गर्न नागरिक उड्डयन प्राधिकरणले ठेक्कामार्फत २०७६ फागुनमा काम सुरु गरेको भए पनि बन्दाबन्दी र वर्षाका कारण कालोपत्र गर्ने कार्य प्रभावित बन्दै आएको धावनमार्ग कालोपत्र गर्ने जिम्मा पाएको काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी, बल्खुका प्रतिनिधि वासु थापाले जानकारी दिनुभयो ।

विसं २०७७ माघ मसान्तसम्म कालोपत्र सक्ने गरी निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले कोरोना महामारी र निरन्तरको वर्षाको कारण पुनः २०७८  असार मसान्तसम्म काम सक्ने गरी छ महिना ठेक्का म्याद थपेको भए पनि भदौसम्म विमानस्थल कालोपत्र भएको छैन । 

अहिले म्याद सकिएको र निरन्तर वर्षा भइरहेकाले विमानस्थलको काम ठप्प रहेको छ । पुनः छ महिना म्याद थपको प्रक्रियामा पुगेको थापाले बताउनुभयो । “सबै काम सकिएको छ, कालोपत्र गर्न मात्रै बाँकी हो, हाम्रो लामो समय पूर्वाधार निर्माणमै गयो, कोरोनाका कारण र कालोपत्र गर्ने समयमा पानी पर्दा समस्या भयो”, थापाले भन्नुभयो, “हामी त तयारी अवस्थामा छौं, अहिले कालोपत्र गर्ने उपकरण तथा कच्चा सामग्री लैजाने सडकसमेत बर्खाका कारण अवरुद्ध छ ।”

पानी रोकिएर घाम लागे १५ दिनमै विमानस्थल तयार हुने भए पनि निरन्तरको झरिका कारण कालोपत्र गर्न समस्या भएकाले असोजसम्म सक्ने गरी ठेक्का थप गर्न थालेको नागरिक उड्ययन प्राधिकरणका इञ्जिनीयर मीनराज ओझाले जानकारी दिनुभयो ।

विमानस्थल निर्माणमा भइरहेको ढिलाइप्रति प्राधिकरण चनाखो भए पनि निरन्तरको झरी र कोरोनाका कारण समस्या भएको ओझाको भनाइ छ । “विमानस्थल कालोपत्रमा ढिलाइ हुनुमा निर्माण व्यवसायीको दोष देखिँदैन, पूर्वाधारमा कुनै कुसर बाँकी राखेको छैन, तर विमानस्थल कालोपत्र गर्ने काम मौसममा निर्भर हुन्छ, शुरुमा कालापत्रका लागि आवश्यक कच्चा पदार्थको ढुवानीमा समस्या भयो, ढुवानी हुन थालेपछि बर्खा लाग्यो सडक अवरुद्ध भयो ।” ओझाले भन्नुभयो, “चर्को घाम नलागी कालोपत्र गर्न प्राविधिक हिसाबले मिल्दैन र टिकाउ पनि हुँदैन, घाम लाग्दासाथ निर्माण व्यवसायी काममा फर्कन्छन्, आगामी असोजभित्रै काम सक्ने योजना हाम्रो छ ।”

कालोपत्र गर्न आवश्यक कच्चा सामग्री ढुवानी गर्ने सडक रहेको कालीगण्डकी करिडोर बर्खा लागेपछि अवरुद्ध नै छ । बागलुङको बलेवा विमानस्थलको धानवमार्ग (रनवे) कालोपत्रको पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ । विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरी सक्ने गरी नागरिक उड्डन प्राधिकरणले काष्ठमण्डम उमा एण्ड कम्पनी जेभीसँग रु सात करोडमा ठेक्का सम्झौता गरेका थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै