२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाल्पा–बुटवल सडक बन्द हुने

१७ भाद्र २०७८, बिहीबार १३:२६

भदौ १७, काठमाडौँ | सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड बन्द हुनेभएको छ । राजमार्गअन्र्तगत तानसेन नगरपालिका–८ डुम्रेमा खसेको पहिरो हटाउन बिहीबार र शुक्रबार सडक बन्द गरिने भएको हो ।

बिहीबार र शुक्रबार साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म बाटो बन्द हुने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । राजमार्ग क्षेत्रमा खसेको पहिरो हटाउन सडक बन्द गर्न लागिएको हो । 

पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा बैठक बसी बिहीबार र शुक्रबार दुई रात एम्बुलेन्स बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइने निर्णय गरिएको छ । 

राजमार्ग क्षेत्रमा खसेको पहिरो नहटाउँदा सवारी साधन आवतजावतमा समस्या परिरहेको हुँदा सडक नै बन्द गरेर काम गर्न लागिएको छ । पटकपटक सिद्धार्थ राजमार्गअन्र्तगत पाल्पा–बुटवल सडकखण्डमा पहिरो खसेर यात्रुले सास्ती खेप्नु परेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य