२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिरहाका स्थानीय तहमा एक अर्ब २० करोड बेरुजु

२०७८, ७ आश्विन बिहीबार ०८:०५

लहान, ७ असोज (रासस) ।  सिरहाका १७ वटै स्थानीय तहमा बेरुजु रहेको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷७७ को लेखापरीक्षण प्रतिवेदन अनुसार जिल्लाका स्थानीय तहमा रु एक अर्ब २० करोड ३७ लाख बेरुजु रहेको पाइएको छ ।   

स्थानीय तहमा रु ३१ करोड १५ लाख पेश्की रहेको प्रतिवेदनमा उल्लेख छ । स्थानीय तहबाट विभिन्न शीर्षकमा निकासा गरिएकामध्ये रु ११ करोड ५४ लाख असुलउपर गर्नुपर्ने, रु ३० करोड ४२ लाख नियमित गरिनुपर्ने तथा कागज र प्रमाण नपुगी रु ४७ करोड २५ लाख भुक्तानी दिइएको पाइएको छ । सबैभन्दा बढी सिरहा नगरपालिकामा रु २२ करोड २७ लाख बेरुजु र रु १४ करोड २० लाख पेश्की रहेको  प्रतिवेदनमा उल्लेख छ । सो नगरपालिकामा रु १७ लाख ८४ हजार असुल गर्नुपर्ने, रु तीन करोड १४ लाख ४२ हजार नियमित गर्नुपर्ने तथा रु चार करोड ७४ लाख ८५ हजारको प्रमाण कागजात पेश गर्नुपर्ने पाइएको छ । नगरप्रमुख अशेश्वरप्रसाद यादव, उपप्रमुख नमिता यादवलगायत जनप्रतिनिधि र कर्मचारीले आव २०७६÷७७ मा बैठक भत्ताबापत रु ६६ लाख ४२ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै लहान नगरपालिकामा रु १९ करोड ३६ लाख १५ हजार बेरुजु र रु सात करोड पाँच लाख ५९ हजार पेश्की छ । नगरपालिकाले विभिन्न व्यक्ति तथा फर्मबाट रु चार करोड ४९ लाख ४४ हजार असुल गर्नुपर्नेछ । नगरपालिकाले भुक्तानी दिइएको रु छ करोड ७४ लाख ७६ हजारको कागजात र प्रमाण पु¥याउनुपर्ने तथा रु एक करोड ६ लाख ३६ हजार नियमित गर्नुपर्ने महालेखाको ठहर छ । धनगढीमाई नगरपालिकामा रु १३ करोड ६२ लाख ३८ हजार बेरुजु तथा रु चार करोड ४३ लाख ८० हजार पेश्की छ भने रु एक करोड २५ लाख ४० हजार असुल गर्नुपर्ने छ । नगरपालिकाले रु चार करोड ९७ लाख ९१ हजारको प्रमाण कागजात पेश गर्नुपर्ने तथा रु दुई करोड ९५ लाख २७ हजार नियमित गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । 

यसैगरी विष्णुपुर गाउँपालिकामा रु १४ करोड ३४ लाख ५० हजार बेरुजु र रु एक करोड २८ लाख ६९ हजार पेश्की रहेको छ । गोलबजार नगरपालिकामा रु ६ करोड ३९ लाख ९९ हजार बेरुजु र रु एक करोड ७४ लाख ८२ हजार असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । रु चार करोड सात लाख ५२ हजारको कागजात पेश गर्नुपर्ने तथा रु ३० लाख ९१ हजार नियमित गर्नुपर्ने र रु २६ लाख ७४ हजार पेश्की देखिएको छ ।

मिर्चैया नगरपालिकामा रु दुई करोड १८ लाख ३७ हजार बेरुजु देखिएको छ । त्यसमध्ये रु ४५ लाख ४५ हजार असुल गर्नुपर्ने, रु एक करोड एक लाख २२ हजारको कागजात र प्रमण पेश गर्नुपर्ने, रु २८ लाख ७९ हजार नियमित गर्नपर्ने र रु ४२ लाख ९१ हजार पेश्की देखिएको छ । कल्याणपुर नगरपालिकाले एक वर्षमा खाजा, खाना र विविध शीर्षकमा रु ५८ लाख ८८ हजार खर्च गरेको उल्लेख छ । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ  । स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन २०७५ को दफा चारमा न्यायिक समितिको बैठकमा भत्ता लिन पाउने स्पष्ट व्यवस्था छैन । स्थानीय तहमा निर्वाचित भएदेखि  जनप्रतिनिधिले कर्मचारीलाई दबाब दिएर मनपरि खर्च गर्ने गरेकाले बेथिति र बेरुजुको चाप बढ्ेको लहानका नागरिक अगुवा राजेश गुप्ता बताउनुहुन्छ । एउटा शीर्षकमा रहेको रकम अर्कैमा खर्च गर्ने, जनप्रतिनिधि र कर्मचारीले अनावश्यक सुविधा लिने तथा पेश्की लिएर समयमा फछ्र्योट नगर्ने प्रवृत्तिका कारण स्थानीय तहमा बेरुजु बढेको उहाँको भनाइ छ । 

यसरी मनपरि खर्च गर्ने, जथाभावी निर्णय गरी कार्यान्वयन गर्ने र जनताको सेवाभन्दा पनि कमाउने धन्दामा जनप्रतिनिधि बढी केन्द्रित हँुदा जनतामा नैराश्यता उत्पन्न भएको लहान नगरपालिका–४ का सत्यनारायण चौधरी बताउनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन