२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विमानस्थल स्तरोन्नतिका लागि एक करोड ५० लाख

२०७८, १२ पुष सोमबार ०६:३४

पुस १२, बैतडी | बैतडी विमानस्थल स्तरोन्नतिका लागि  रु एक करोड ५० लाख ४४ हजार २४७ विनियोजन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको नेपाल नागरिक उडड्यन प्राधिकरणको बैठकले बहुवर्षीय आयोजनाअन्तर्गत बैतडीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न विमानस्थल स्तरोन्नतिका लागि बजेट विनियोजन गरेकाले सो रकम प्राप्त  भएको हो । 

बैठकले धनगढी विमानस्थलका लागि रू एक अर्ब, दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि रू दुई करोड ६५ लाख उपलब्ध गराउनका साथै डोटी, साँफेबगर, कमलबजार, महेन्द्रनगर, बाजुरा र डडेल्धुरा विमानस्थलका लागि पनि बजेट विनियोजन गरेको छ । पाटनमा रहेको विमानस्थल २६ वर्षपछि विसं २०७७ असोज अन्तिम सातादेखि  पुनः सञ्चालनमा आएको हो । विमानस्थल  कालोपत्र गर्न विसं २०७३ मा रु ११ करोड बजेट विनियोजन गरिएकामा सो काम सम्पन्न भइसकेको जनाइएको छ । 

हाल साताको एक दिन शुक्रबार पाटन–धनगढी नियमित उडान हुने गरेको छ । पाटनमा विसं २०३२ मा विमानस्थल निर्माण थालिएकामा २०३५ सालदेखि हवाई  उडान सुरु भएको थियो । पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो ।विसं २०५८ मा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो । विमानस्थलको धावनमार्ग निर्माण भए पनि टर्मिनल भवन र कन्ट्रोल टावरको निर्माण भने सुरु नै भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध