२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आयल निगमले ल्यायो अत्याधुनिक पेट्रोल पम्प सञ्चालनमा

२०७८, २२ पुष बिहीबार ०७:४८

पुस २२, काठमाडौँ | नेपाल आयल निगमले अत्याधुनिक पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ। निगमले ३ करोड ६७ लाख रुपैयाँ लागतमा नेपालगन्जमा साे पेट्रोल पम्प सञ्चालनमा ल्याएको हाे ।

१ लाख ७ हजार लिटर भण्डारण क्षमता रहेको उक्त पम्पको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले उद्घाटन गरे । निमगले नयाँ पम्प नमुनाको रुपमा सञ्चालनमा ल्याएको हो । ‘निगमले नमुनाको रुपमा अत्याधुनिक पम्प सञ्चालनमा ल्याएको छ । व्यवसायीसँग प्रतिस्पर्धा नभई सबैतिर यस्तो किसिमको पम्प हुनुपर्छ भन्ने मान्यता हो,’ कार्यकारी निर्देशक पौडेलले भने, ‘निजी क्षेत्रले पनि यही मोडलमा पम्प सञ्चालन गर्नुहुन्छ भन्ने चाहना छ ।’

निगमले भैरहवामा पनि डिजिटल पम्प सञ्चालन गर्दै आएको छ । निगमले आफ्नै स्वामित्वमा सञ्चालन गरेको यो दोस्रो पम्प हो । नेपालगन्जको पम्पमा ५ वटा भूमिगत ट्याङक रहेका छन् । पम्पमा २५/२५ हजार लिटर क्षमताको तीन वटा र १६/१६ हजार लिटर क्षमताका दुई वटा ट्याङक रहेको कार्यकारी निर्देशक पौडेलले बताए ।

निगमका नेपालगन्ज डिपो प्रमुख दीपक घिमिरेका अनुसार पम्पमा डिजिटल प्रविधिको डिस्पेन्सिङ मेसिन जडान गरिएको छ । जसकारण उपभोक्ताले सवारीसाधनमा इन्धन भर्दा परिमाण, कुल मूल्य र प्रतिलिटर मूल्यबारे सहजै जानकारी पाउनेछन्। इन्धन ढुवानी गर्ने ट्याङकबाट तेल अनलोड गर्दादेखि बिक्रीसम्म सबै डिजिटल प्रविधिबाट कार्य हुन्छ । भुक्तानीमा क्यासलेसको पनि सुविधा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित