१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जापानबाट रु १० अर्ब ३९ करोड ऋण सहायता, आर्थिक वृद्धिमा उच्च लगानी गरिने

२२ पुष २०७८, बिहीबार ०९:४६

पुस २२, काठमाडौँ | नेपालको आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि जापान सरकारबाट रु १० अर्ब ३९ करोड नीतिगत ऋण सहायता प्राप्त हुने भएको छ । 

मन्त्रिपरिषद्को यही पुस २१ गतेको बैठकले उक्त सहायतालाई स्वीकार गर्ने निर्णय गरेको हो । सो बैठकका निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिनुभएको हो ।

बैठकले प्रहरीको उच्च मनोबल वृद्धिका लागि प्रहरी (नवौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने, राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा यदुलाल खरेल यही पुस २३ गतेदेखि लागू हुने गरी नियुक्त गर्ने, चालु आर्थिक वर्षका लागि उखुको न्यूनतम् खरिद मूल्य प्रतिक्विन्टल रु ५२० निर्धारण गर्ने निर्णय पनि गरेको छ ।

यस्तै नेपाल विद्युत् प्राधिकरणका लागि विभिन्न वितरण केन्द्र र प्रसारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्न प्रारम्भिक काम कारबाही गर्ने, गृह मन्त्रालयका लागुऔषध नियन्त्रण शाखाका प्रमुख र सबै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने, एसिड आक्रमणबाट पीडित मुस्कान खातुनलाई रु तीन लाख आर्थिक सहायता दिने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिनुभयो । 

उहाँले दार्चुला जिल्लाको महाकाली नदीमाथि नेपाल भारत जोड्ने मोटरेबल पुल निर्माण गर्न साझेदारी पत्रमा हस्ताक्षरका लागि स्वीकृति दिइएको, राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा झापाका सुरेन्द्र बस्नेतलाई नियुक्ति दिने, वन क्षेत्रमा कार्बन सञ्चितिको पहिचानसम्बन्धी अनुसन्धानका लागि रुख कटान गर्दा राष्ट्रिय प्राथमिकता प्राप्त र ठूला आयोजनाका क्षेत्रभित्र पर्ने रुख कटानलाई पहिलो प्राथमिकता दिने निर्णय बैठकले गरेको जानकारी दिनुभयो । 

नेपाल राजपत्रको नियमित अङ्क हरेक हप्ताको सोमबार र बिहीबार प्रकाशन, गोरखापत्रलाई गोदाम भवनका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने र राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव कृष्णबहादुर राउत विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय पनि बैठकले गरेको मन्त्री कार्कीले बताउनुभयो । 

एक प्रश्नको जिज्ञासामा मन्त्री कार्कीले सरकारले जानकारी दिनुपर्नेे विषयवस्तुलाई  जानकारी दिएको, निर्णय गोप्य नराखिएको र सूचनाको हकप्रति सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव