२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मध्यविन्दुमा तीन करोडका योजना थपिए

२०७८, २२ पुष बिहीबार ११:१५

पुस २२, काठमाडौँ | नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगरभित्र रु तीन करोडभन्दा बढीको योजना थप गरेको छ । नगरपालिकाको दशौँ नगरसभाका क्रममा सो रकम बराबरका नगरस्तरीय योजना थप गरिएको हो । 

नगर उपप्रमुख ओमकुमारी महतोका अनुसार समपूरक बजेटबाट थप भएका योजनामा गिरुबारी खोला र अरुणखोला तटबन्धनका लागि रु एक÷एक करोड विनियोजन भएको छ । गत कात्तिक पहिलो साता गिरुवारी र अरुणखोलामा आएको बाढीले धेरै क्षति गरेको थियो । 

नगरसभाले अनुमानित राजस्व तथा अनुदान प्राप्तिसमेत संशोधन गरेको छ । यस अघिको नगरसभामा अनुमानित आय रु एक अर्ब दुई करोड ३५ लाख रहेकामा आज सम्पन्न नगरसभाले उक्त रकम संशोधन गरी रु एक अर्ब पाँच करोड ४२ लाख पारित गरेको छ । 

चालू आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनको अर्धवार्षिक प्रगति समीक्षा प्रस्तुत गर्दै २०७८ पुस १५ गतेसम्म चालूतर्फ २४.१३ प्रतिशत र पुँजीगततर्फ ५.५४ प्रतिशत रकम खर्च भएको उपप्रमुख महतोले जानकारी गराउनुभयो । यस अवधिमा चालूतर्फ रु १३ करोड १३ लाख ७६ हजार तथा पुँजीगततर्फ रु दुई करोड ६६ लाख खर्च भएको उहाँले बताउनुभयो ।

 नगरसभामा नगरप्रमुख चन्द्रबहादुर रानाले सबै वडामा स्वास्थ्य संस्थाको स्थापना, सडक पूर्वधारको निर्माण, खानेपानी आयोजना, नगरको सुविधा सम्पन्न आफ्नै भवन, विभिन्न ठूला योजनाको लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारलगायत काम भएको बताउनुभयो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित