१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागमतीमा समपुरक योजनाका लागि रु चार करोड

१९ फाल्गुन २०७८, बिहीबार ०८:५०

फागुन १९, बागमती । बागमती प्रदेश सरकारको मन्त्री परिषद्को बैठकले स्थानीय तहवाट कार्यान्वयन  भइरहेको अधुरा योजनाका लागि समपुरक योजना अनुरुप रु चार करोड ६८ लाख ४५ हजार भुक्तानी दिने निर्णय गरेको छ ।

बुधबार साँझ बसेको  बैठकले २५ गाउँपालिकामा  कोभिडका कारण प्रभावित भएका योजनाका लागि सो बजेट उपलव्ध गराउन लागेको प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले जानकारी दिनुभयो । 

साथै बैठकले प्रदेश सरकारको सार्वजनिक खर्चको  मापदण्ड २०७८ समेत पारित गरी कार्यविधिसमेत बनाएको जनाएको छ । सबै मन्त्रालयमा  खर्चमा एकरुपता होस् र प्रभावकारी होस् भन्ने उद्देश्यले कार्यविधि निर्माण गरिएको  उहाँले जानकारी दिनुभयो ।

यसैगरी बैठकले प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत भइरहेको कामलाई अख्तियारी दिने पनि निर्णय भएको बताइएको छ ।

निजामती कर्मचारी सङ्गठनका अध्यक्षमा पौडेल 

नेपाल निजामती कर्मचारी सङ्गठन मकवानपुरको अध्यक्षमा यादविन्द्र पौडेल चयन हुनुभएको छ । सो सङ्गठनको ११औँ मकवानपुर जिल्ला अधिवेशनले उहाँका नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 

 समितिको उपाध्यक्षमा हेमकुमार पाठक, सचिवमा प्रकाश पौडेल र सहसचिवमा सम्झना शाही चयन हुनुभएको सङ्गठनले जनाएको छ । प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनमा नेकपा (एमाले) मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ,सङ्गठनका केन्द्रीय अध्यक्ष केदार देवकोटाले तीनै तहका  स्थायी सरकार कर्मचारी रहेकाले  इमान्दारीपूर्वक काम गर्न अनुरोध गदै नयाँ नेतृत्वलाई सफलताको कामना गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन