भदौ १८, भीमदत्तनगर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आगामी पाँच महिनाभित्रै महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, भीमदत्तनगर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आगामी पाँच महिनाभित्रै महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण"/>
८ पुष २०८१, सोमबार
अर्थ/विकास

महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण थालिने

१८ भाद्र २०७३, शनिबार ०५:०२

भदौ १८, भीमदत्तनगर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आगामी पाँच महिनाभित्रै महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण थालिने हुने बताउनुभएको छ । 

नेपाल प्रेस युनियन कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री लेखकले निर्माण हुने पुलको विस्तृत परियोजना प्रतिवेदन नेपालका तर्फबाट तयार भई भारतीय सरकारलाई बुझाउने लगायतका प्रक्रिया जारी रहेको बताउनुभयो । “पुल बने नेपाल–भारतबीचको आर्थिक समृद्धिको सेतु बन्न सक्छ”, उहाँले भन्नुभयो– “यसले देशकै आर्थिक उन्नतिमा सघाउ पुर्याउनेछ ।” 

अर्को प्रसङ्गमा उहाँले संविधान संशोधनका विषयमा वार्ता र सहमतिका माध्यमबाट प्रतिपक्षमा रहेको नेकपा (एमाले) पनि राजी हुने विश्वास व्यक्त गर्नुभयो । “संविधान संशोधनको विषयमा अहिले हामी छलफल चरणमा पुगेका छौँ ।” 

नेपाली काँग्रेसका नेता समेत रहनुभएका मन्त्री लेखकले भन्नुभयो– “संशोधनका लागि पहिला विषयवस्तु छनोट भए पनि राजनीतिक सहमति खोजिन्छ ।” त्यसका लागि प्रमुख प्रतिपक्षसहित सबै दलसँग छलफल र संवाद हुने उहाँको भनाइ थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा रेलभित्रै आगो लगाएर एक महिलाको हत्या हिरासतमा रहेका रविको फोटो सार्वजनिक गर्ने निकोलस भुसाललाई पोखरा पठाइयो आज फेरि बढ्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ? थुनछेक बहसका लागि रविलाई अदालत लगियो, न्यायाधीश राईको इजलासमा पेशी ‘पुष्पा-२’ का अभिनेता अल्लु अर्जुनको घरमा तोडफोड, ६ जना पक्राउ शक्ति समूहकी संस्थापक सुनिता दनुवारको आज बिहान निधन पाँच संसदीय समितिको बैठक आज बस्दै ब्राजिलमा निजी विमान दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु आयोगले गरे भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर रविविरुद्ध सहकारी ठगी प्रकरण मुद्दामा आजदेखि थुनछेक बहस हुने आजको मौसम: उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना साई स्वागत सहकारी ठगी प्रकरणमा भरत जङ्गम पक्राउ रविको काभ्रेको जग्गा र निकिताको बूढानीलकण्ठको घडेरी जफत गर्न माग सरकारी वकिलको कार्यालयमा इन्कारी रविको बयान: सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी मेरो रहँदैन एनपीएलको फाइनलमा सट्टेबाजी गराएको आरोपमा थप २ भारतीय पक्राउ यी हुन् शुक्रबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु [सूचीसहित] अमेरिकाले झुक्किएर खसायो आफ्नै लडाकु विमान रवि लामिछानेको सांसद पद निलम्बन हुने कैलालीमा आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ सेयर बजारमा १३ अंकको गिरावट, कारोबार साढे ४ अर्बमा सीमित