कमल सुबेदी | भदौ २९, पोखरा | पोखराकै जेठो संस्था पोखरा उद्योग बाणिज्य संघको आगामी भदौ &nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल सुबेदी | भदौ २९, पोखरा | पोखराकै जेठो संस्था पोखरा उद्योग बाणिज्य संघको आगामी भदौ &nb"/>
२०८२, २३ फाल्गुन शनिबार
अर्थ/विकास

पोखरा उद्योग बाणिज्य संघको चुनावले पोखरा तात्यो

२०७३, २९ भाद्र बुधबार १४:५०

कमल सुबेदी | भदौ २९, पोखरा | पोखराकै जेठो संस्था पोखरा उद्योग बाणिज्य संघको आगामी भदौ  ३१ र असोज १ गते हुने ३१ औ महाधिबेशनको लागि नयाँ नेतृत्वको लागि पोखरामा चुनावी माहोल तातेको छ । महाधिबेशनको मिति नजिकिदै गर्दा उम्मेद्वारहरुले घरदैलो कार्यक्रम लाई तिब्र पारेका छन् ।यसै क्रममा अध्यक्ष पदका प्रत्यासी देव क्षेत्रीको ले आफ्नो चुनावी प्रचार–प्रसारलाई तिव्रता दिएका छन् ।

क्षेत्रीको समुहले बुधवार पोखराको बाटुलेचौर, वगर, भैरवटोल, महेन्द्रपुल, चिप्लेढुङ्गा लगायतका क्षेत्रका व्यवसायीहरुबीच पुगेर मत मागेका छन् । बर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष समेत रहेका क्षेत्री मतदाताहरु सग मत माग्न तल्लिन देखिन्थे ।

 आजै न्यूरोड क्षेत्रका उद्योगी, व्यवसायीसँग समेत पुगेको बरिष्ठ उपाध्यक्ष पदका उमेद्धार मिनराज काफ्लेले पोखराका उद्योगीब्यापारीहरु र वस्तुगत संघसंस्थाहरुले आफ्नो समूहलाई सहयोग गर्ने बचन दिएकोे जानकारी दिए । सधै सर्बोकष्ट मत ल्याइ कार्यसमितिमा रहेका क्षेत्री यो पटक पनि आफ्नो पक्षमा मत आउने विश्वासमा छन् । भद्र र शालिन मानिने क्षेत्रीलाइ जिताउन विभिन्न क्षेत्रका ब्यक्तिहरु प्नि लागि परेका छन् । पोखरा उद्योग बाणिज्य संघलाई नयाँ उचाइमा लैजान आफु हरदम लागि परेको क्षेत्रिले बताए । क्षेत्रीले समग्र पोखरा र यसको आसपासको बिकासका लागि सबै पक्षलाइ समेटेर अगाडी बढ्ने बताए ।

 महाधिवेशनमा क्षेत्रीको समुहबाट बरिष्ठ उपाध्यक्षमा मिनराज काफ्ले, उद्योग तर्फको उपाध्यक्षमा सिता गुरुङ, वाणिज्यतर्फको उपाध्यक्षमा सुरेश अधिकारी चुनावी मैदानमा रहेका छन् । महासचिवमा लक्ष्मी क्षेत्री पाण्डे, कोषाध्यक्षमा जनकराज पराजुली, उप–महासचिवमा अर्जुन पोख्रेल छन् भने सदस्य पदमा अर्जुन खनाल, कुमारी मुना बास्तोला, गिरधारी शर्मा, गोमा ढकाल, चिनु गुरुङ, नवराज त्रिपाठी, बलराम आचार्य, महेश्वर पोख्रेल (शिव), हरिराज पन्त र हिमालय बख्रेल रहेका छन् ।त्यस्तै अर्का अध्यक्षका प्रत्यासी  विश्वशंकर पालिखेले पनि पोखराका  उद्योगी ब्यवसायी सँग आफ्नो उम्मेदवारीका विषयमा छलफल गरेका  छन् । अध्यक्ष पदका उम्मेदवार पालिखेले पोखराका विभिन्न व्यवसायीहरुसंगको भेटघाट र घरदैलो अभियानलाई बुधबार पनि तीव्र पारेका थिए । पालिखेले पोखराको मुख्य व्यापारिक स्थलहरु वीपीचोक, चिप्लेढुङगा, न्यूरोड, पृथ्वीचोक, सृजनचोक, सभागृृहचोक, जाल्पारोड, मियापाटन, दरवारथोक, लगायतका अधिकांश स्थानमा घरदैलो र व्यवसायी भेटघाट कार्यक्रम गरिएको प्रचारप्रसार समितिले जानकारी दिएको छ । ३१ औ महाधिवेशनमा ६ जनाले  अध्यक्षको पदमा उम्मेद्वारी परेको छ ।  

अध्यक्षको पदका लागि क्षेत्री र पालिखे सँगै महिला उद्यमी हिरा भटराई ,ईश्वर कर्मचार्य धनिराम बराल र नारायण कोइरालाको उम्मेदवारी परेको छ । क्षेत्री र पालिखे प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन भने अरु उम्मेद्वार प्यानल बिना नै चुनवी मैदान मा उत्रेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त