कात्तिक २९, काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ५ मंसिरदेखि ‘क्यालिब्रेसन’ उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ मंसिरदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत गरेको छ । परीक्षण उडान ११ मंसिर सम्म हुने प्राधिकरणले जनाएको छ ।
यान्त्रिक परीक्षण उडानका लागि एरो थाई कम्पनीको जहाज नेपाल आइसकेको प्राधिकरणले जनाएको छ । क्यालिब्रेसन उडानको प्रतिवेदनपछि परीक्षण उडान हुनेछ ।
यस अघिनै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले १ जनवरी २०२३ देखि व्यावसायिक उडान गर्ने निर्णय गरिसकेको छ ।