भाद्र ३० पर्वत ।
जिल्ला पशु सेवा कार्यालयको आ.व.०७३।०७४ को बजेट सार्वजनिक भएको छ । कार्यालयले ४ करोड ३४ लाख बराबरको वार्षिक बजेट बाँडफाँड गरेको हो । यो बजेटमा कार्यालयको नियमित खर्च बजेट र केन्द्रिय कार्यक्रमहरु अन्तर्गत प्राप्त भएको बजेट समेटिएको छ ।
 बुधवार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
भाद्र ३० पर्वत ।
जिल्ला पशु सेवा कार्यालयको आ.व.०७३।०७४ को बजेट सार्वजनिक भएको छ । कार्यालयले ४ करोड ३४ लाख बराबरको वार्षिक बजेट बाँडफाँड गरेको हो । यो बजेटमा कार्यालयको नियमित खर्च बजेट र केन्द्रिय कार्यक्रमहरु अन्तर्गत प्राप्त भएको बजेट समेटिएको छ ।
 बुधवार"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पशु सेवा कार्यालयको ४ करोड बराबरको वार्षिक बजेट सार्वजनिक

२०७३, ३० भाद्र बिहीबार ०७:१०

भदौ ३०, पर्वत । जिल्ला पशु सेवा कार्यालयको आ.व.०७३।०७४ को बजेट सार्वजनिक भएको छ । कार्यालयले ४ करोड ३४ लाख बराबरको वार्षिक बजेट बाँडफाँड गरेको हो ।

यो बजेटमा कार्यालयको नियमित खर्च बजेट र केन्द्रिय कार्यक्रमहरु अन्तर्गत प्राप्त भएको बजेट समेटिएको छ । बुधवार एक कार्यक्रमको आयोजना गर्दै वार्षिक खर्च र बजेट वाँडफाँडको विवरण सार्वजनिक गरिएको हो । कार्यालयको उपभोग खर्चमा १ करोड २१ लाख ५५ हजार, कार्यालय संचालन खर्च ३४ लाख ४४ हजार, कार्यक्रम खर्च १ करोड ५ लाख ५१ हजार गरी चालु खर्च जम्मा २ करोड ६१ लाख ५० हजार भने पूँजीगत खर्चतर्फ २२ लाख २ हजार गरी कुल जम्मा खर्च २ करोड ८३ लाख ५२ हजार रहेको हो । त्यसैगरी कार्यालयलाई केन्द्रिय कार्यँक्रम अन्तर्गत प्राप्त कुल रकम १ करोड ५० लाख ९४ हजार छ ।

केन्द्रिय कार्यक्रमहरुमा पशु स्वास्थ्य नियमन, पशु आहारा सेवा राष्ट्रिय अभियान, पशु विकास सेवा कार्यक्रम, गाईभैसी श्रोत विकास, युवा लक्षित बंगुर कार्यक्रम लगायत शिर्षक छन् । वार्षिक बजेट तथा कार्यक्रममा जिल्लास्थित राजनीतिक दलहरु प्रमुख तथा प्रतिनिधि साथै पत्रकारहरुको सहभागीता थियो ।

स्थानीय विकास अधिकारी युवराज पौडेलको अध्यक्षतामा भएकोे उक्त कार्यक्रममा सहभागी हुनेहरुमा नेपाल कांग्रेस पर्वतका सभापति खिमप्रसाद भूषाल, नेकपा माओवादी केन्द्रका दुर्गा तमु, राप्रपा उपाध्यक्ष प्रकाश पौडेल, नेकपा माओवादी क्रान्तिकारी संयोजक तेजेन्द्र पौडेल, परिवार दल अध्यक्ष समिक्षा शर्मा लगायत थिए ।

वार्षिक बजेट तथा कार्यक्रमबारे जानकारी पशु विकास अधिकृत विष्णु बहादुर पाण्डेले गराएका थिए भने कार्यक्रममा प्रमुख पशु चिकित्सक डा.सुधीर थापा समेत सहभागीता थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति