३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तीन महिनामा प्राधिकरणले कमायो साढे आठ अर्ब

१५ मंसिर २०७९, बिहीबार ०७:४८

मङ्सिर १५, काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ बराबरको नाफा कमाएको छ ।

चालु आवको साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट रु ३२ अर्ब ९८ करोड आम्दानी गरेको छ । आवको पहिलो तीन महिनामा २४ अर्ब ४८ करोड खर्च गरी प्राधिकरणले रु आठ अर्ब ५० करोड (करअघि) नाफा कमाएको हो ।


सूचनाको हकसम्बन्धी कानुनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरिएको चालु आवको तीन महिनामा सम्पादित प्रमुख क्रियाकलाप समेटिएको विवरणअनुसार, प्राधिकरणले यस अवधिमा निजी क्षेत्रबाट रु १४ अर्ब १५ करोड बराबरको विद्युत् खरिद गरेको छ ।

आफ्नो स्वामित्वमा रहेका विद्युत्गृहबाट उत्पादित र निजी क्षेत्रबाट खरिद गरिएको विद्युत् देशभित्र बिक्री गरी खुद रु २२ अर्ब २० करोड आम्दानी भएको छ । देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय प्रतिस्पर्धी बजारमा बिक्री गरी आवको पहिलो तीन महिनामा छ अर्ब १७ करोड रुपैयाँ आम्दानी भएको छ ।

आव २०७२/७३ मा रु आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षमा निरन्तर नाफामा छ । आव २०७६÷७७ मा रु ११ अर्ब ७५ करोड पुगेको प्राधिकरणको नाफा आव २०७७÷७८ मा घटेर रु छ अर्ब नौ करोडमा सीमित भएको थियो । गत आव २०७८÷७९ मा प्राधिकरणले नाफालाई बढाएर रु १६ अर्ब १६ करोड बराबर पु¥याएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रण, आन्तरिकरुपमा तथा भारतर्फको  विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रण लगायतले गर्दा चालु आवको पहिलो तीन महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको जानकारी दिनुभयो । 

कार्यकारी निर्देशक घिसिङले नाफाबाट प्राप्त रकमलाई विद्युत् खपत बढाउन, उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत् उपलब्ध गराउन प्रसारण र वितरणतर्फको पूर्वाधार विस्तार तथा सुदृढीकरणमा खर्च गरिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “आगामी दिनमा विद्युत् खपत बढाउन, उपभोक्तालाई परपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि चार÷पाँच वर्षभित्रमा रु तीनदेखि/चार खर्ब बराबरको लगानी गर्नु पर्नेछ, नेपाल सरकारसँग स्रोतको सीमितताका कारण पर्याप्त बजेट पाउनसक्ने अवस्था छैन, त्यसैले हरेक वर्षको नाफाबाट उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरणमा खर्च गरिरहेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन