Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के भएको थियो सचिन परियारलाई ?

२०८१, १८ पुष बिहीबार १४:३०

काठमाडौँ | बालगायक सचिन परियारको उपचारका क्रममा बिहीबार निधन भएको छ। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको बिहीबार बिहान १० बजेर ४५ मिनेट जाँदा निधन भएको अस्पतालका निर्देशक प्राडा घनश्याम गुरुङले जानकारी दिए।

लामो समयदेखि विभिन्न समस्यासँग जुद्धै आएका सचिनलाई पछिल्लो समय संक्रमणको उपचारका लागि अस्पताल भर्ना लगिएको थियो। अस्पतालमा भर्ना गर्दा उनको अवस्था गम्भीर थियो। उपचारमा संलग्न एक चिकित्सकका अनुसार सचिनलाई अस्पतालमा भर्ना गर्दा ‘सेप्टिक सक’मा थिए। सेप्टिक सकको अवस्था भनेको शरीरमा संक्रमण तीव्र गतिले फैलिरहँदा शरीरका अङ्गलाई चाहिने रगत, अक्सिजन र पोषक तत्वलगायतका तत्वको कमी भइ अवस्था गम्भीर हुनु हो।

गम्भीर अवस्थामा रहेका सचिनलाई आइसीयूमा राखेर उपचार भइरहेको थियो। तर चिकित्सकहरुले हरसम्भव प्रयास गर्दा पनि बचाउन नसकेको अस्पतालले जनाएको छ।

सचिनलाई मस्तिष्कमा पानी जम्ने समस्याले लामो समयदेखि सताइरहेको थियो। यसका साथै उनलाई डाइबिटिज इन्सिपिडसको पनि समस्या थियो। चिकित्सकहरुका अनुसार डाइबिटिज इन्सिपिडसको समस्या भनेको निकै दुर्लभ समस्या हो। यो समस्या भएका व्यक्तिको मिर्गौलाले अत्यधिक मात्रामा पिसाब बनाउने गर्छ।

सचिनको ६ महिना अघि नै त्रिवि शिक्षण अस्पतालमा मस्तिष्कमा जमेको पानीलाई कम गर्न शल्यक्रिया गरेर पाइप राखिएको थियो। यसका साथै सचिनको समस्या बढ्दै गएर कम्मरभन्दा मुनीको भाग समेत नचल्ने अवस्था आइसकेको थियो।

१३ वर्षीय सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले केही समयअघि आर्थिक सहयोगको मागसमेत गरेको थियो।

सचिन भाइरल बालगायकका रुपमा परिचित थिए। उनले गाएक गितहरु सामाजिक सञ्जालहरुमा भेट्न सकिन्छ। सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए भने हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ