2026-10-10 05:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘लाज शरणम्’मा बालेनको गीत

काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका र्‍यापर बालेन शाहले प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाज शरणम्’मा गीत गाएका छन् ।

उनको शब्द, संगीत र स्वर रहेको हिपहप गीत रेकर्ड भइसकेको छ । ‘बालेनजीले गीत रेकर्ड गरिसक्नुभएको छ,’ फिल्म निर्माता कम्पनी जेपीटी क्रिएसनका प्रमुख अर्जुन घिमिरेले भने ।

उनका अनुसार अहिले अर्का गायक मिस्टर डीले उक्त गीतको बाँकी काम हेरिरहेका छन् । घिमिरेका अनुसार केही समयअघि नै यो गीतको रेकर्ड भइसकेको छ । गीतलाई फिल्म रिलिजअघि सार्वजनिक गर्ने तयारी छ । यो फिल्म १४ फागुनमा प्रदर्शन तयारीमा छ ।

स्रोतका अनुसार बालेनसँग भिडियो बन्न बाँकी झण्डै २० गीत छन् । जसमध्येबाट एक गीत छानेर ‘लाज शरणम्’को लागि रेकर्ड गरिएको हो ।

‘देशका लागि फिल्म बनाएका हौं । नेपाली जनजीवन र संस्कृति झल्काउने मन छुने कथामा फिल्म बनाएको भनेपछि उहाँले खुसी हुँदै गीत रेकर्ड गर्न तयार हुनुभयो,’ घिमिरेले भने ।

बलिदान, स्याभेज, मार्फाको मदिरा, स्टे ट्रु, गोर्खाली तोप, यथार्थ बालेनका चर्चित गीत हुन् । स्पोटीफाइका पछिल्लो तथ्यांकअनुसार प्लाटफर्ममा उनलाई मासिक १५ हजार ७०० पटक सुन्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने