2026-09-30 12:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी

काठमाडौँ | त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले लामो समयदेखि रोकिएका तथा अनियमित भएका परीक्षालाई व्यवस्थापन गर्दै शैक्षिक प्रणालीलाई नियमित बनाउने अभियानलाई तीव्र बनाएको छ। यसक्रममा तीन दशकअघिदेखि अध्ययन अधुरो रहेका विद्यार्थीहरूलाई समेत मौका परीक्षा दिने व्यवस्था गरिएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार आगामी साउनदेखि नियमित शैक्षिक पात्रोअनुसार परीक्षा सञ्चालन गर्ने लक्ष्यका साथ अहिले एकै महिनामा तीनदेखि चार किसिमका परीक्षा सञ्चालन भइरहेका छन्। परीक्षा नियन्त्रक लक्ष्मण पौडेलका अनुसार २०५३ सालदेखि रोकिएका मौका परीक्षासमेत असारभित्रै सक्ने तयारी भइरहेको छ।

हाल वैशाख महिनामा स्नातक तहका विभिन्न कार्यक्रमअन्तर्गत बीएएलएलबी दोस्रो वर्ष, नियमित स्नातक दोस्रो वर्ष तथा विटेक पहिलो र दोस्रो वर्षका परीक्षा सञ्चालन भइरहेका छन्। त्यस्तै जेठ महिनाका लागि तीनवर्षे र चारवर्षे स्नातक तहको पहिलो वर्ष, बीएएलएलबी तेस्रो वर्ष र विटेक तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक भइसकेको छ।

असार महिनामा भने सबै संकायका स्नातक चौथो वर्षका नियमित परीक्षा लिने योजना बनाइएको छ। त्रिविले कोरोना महामारी र विभिन्न आन्दोलनका कारण प्रभावित भएका सम्पूर्ण परीक्षा असारभित्रै सम्पन्न गरी साउनदेखि पूर्ण रूपमा नियमित प्रणालीमा फर्किने लक्ष्य राखेको छ।

हाल सञ्चालन भइरहेका परीक्षामा करिब एक लाख १५ हजार विद्यार्थी सहभागी छन्। साथै, परीक्षा सम्पन्न भएको अधिकतम सय दिनभित्र नतिजा प्रकाशन गर्ने प्रणालीलाई कडाइका साथ कार्यान्वयन गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही