2026-10-20 06:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी

काठमाडौँ | त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले लामो समयदेखि रोकिएका तथा अनियमित भएका परीक्षालाई व्यवस्थापन गर्दै शैक्षिक प्रणालीलाई नियमित बनाउने अभियानलाई तीव्र बनाएको छ। यसक्रममा तीन दशकअघिदेखि अध्ययन अधुरो रहेका विद्यार्थीहरूलाई समेत मौका परीक्षा दिने व्यवस्था गरिएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार आगामी साउनदेखि नियमित शैक्षिक पात्रोअनुसार परीक्षा सञ्चालन गर्ने लक्ष्यका साथ अहिले एकै महिनामा तीनदेखि चार किसिमका परीक्षा सञ्चालन भइरहेका छन्। परीक्षा नियन्त्रक लक्ष्मण पौडेलका अनुसार २०५३ सालदेखि रोकिएका मौका परीक्षासमेत असारभित्रै सक्ने तयारी भइरहेको छ।

हाल वैशाख महिनामा स्नातक तहका विभिन्न कार्यक्रमअन्तर्गत बीएएलएलबी दोस्रो वर्ष, नियमित स्नातक दोस्रो वर्ष तथा विटेक पहिलो र दोस्रो वर्षका परीक्षा सञ्चालन भइरहेका छन्। त्यस्तै जेठ महिनाका लागि तीनवर्षे र चारवर्षे स्नातक तहको पहिलो वर्ष, बीएएलएलबी तेस्रो वर्ष र विटेक तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक भइसकेको छ।

असार महिनामा भने सबै संकायका स्नातक चौथो वर्षका नियमित परीक्षा लिने योजना बनाइएको छ। त्रिविले कोरोना महामारी र विभिन्न आन्दोलनका कारण प्रभावित भएका सम्पूर्ण परीक्षा असारभित्रै सम्पन्न गरी साउनदेखि पूर्ण रूपमा नियमित प्रणालीमा फर्किने लक्ष्य राखेको छ।

हाल सञ्चालन भइरहेका परीक्षामा करिब एक लाख १५ हजार विद्यार्थी सहभागी छन्। साथै, परीक्षा सम्पन्न भएको अधिकतम सय दिनभित्र नतिजा प्रकाशन गर्ने प्रणालीलाई कडाइका साथ कार्यान्वयन गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ