२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिद्यालय नखुलेपछि ३३ लाख सरकारलाइ फिर्ता

२०७५, २८ जेष्ठ सोमबार ०४:१६

टेकबहादुर शाही | जेष्ट २८, दुनै | यार्सागुम्बाका समयमा एक महिना बन्द भएपछि सरकारले दिने अनुदानको ३३ लाख बराबरको रकम फिर्ता जाने भएको छ । यार्सागुम्बा संकलनका बेलामा बन्द रहेका बिद्यालयहरुले शिक्षाबाट जाने अनुदान पनि नपाउने भएका हुन । एक महिनामा प्रति बिद्यार्थिका लागि करिव २० दिनको दिवा खाजा स्वरुप अनुदान दिने ब्यवस्था रहेको शिक्षा बिकास तथा समन्वय ईकाइका प्रमुख डागीले बताए । उलने भने अब त्यो एक महिनाका लागि पाउने २० दिनको दिवाखाजाको अनुदान करिव ३३ लाख बराबरको रकम सरकारलाइ फिर्ता हुने छ । 

जिल्लाका करिब ८५ प्रतिशत बिद्यालय अझै पनि खुलेका छैनन । जिल्लाभरका १ सय १२ वटा बिद्यालय मध्य हाल सम्म जम्मा १८ वटा बिद्यालय मात्र खुलेको शिक्षा बिकास तथा समन्वय ईकाइ डोल्पाले जानकारी दिएको छ । 

यार्सागुम्बा संकलनका लागि जेष्टको एक गतेबाट बन्द गरिएका बिद्यालयहरु महिना दिन बित्न लाग्दा पनि नखोलेको शिक्षा बिकास तथा समन्वय ईकाइ डोल्पामा प्रमुख सिंहराज डांगिले जानाकारी दिए । उनले भने ८ वटा स्थानीयतह रहेको यस जिल्लामा जेष्ट २० गतेबाट जगदुल्ला गाउपालिकाका १४ वटै बिद्यालयमा पढाइ सुचारु भयो भने अन्य ठाउका कुनै पनि बिद्यालय खुलेका छैनन । शे–फोक्सुण्डो गाउपालिकाको तापिरिचा माध्यामिक बिद्यालय साइजल,त्रिपूरासुन्दरी नगरपालिकाको देउराली आधारभुत बिद्यालय भोरगाउ,काञ्जीरुवा आधारभुत बिद्यालय दापु र ठुलीभेरि नगरपालिकाको हिमजोती आधारभुत बिद्यालय सार्किटोल गरि ४ वटा बिद्यालयले यार्सागुम्बाको समयमा पनि बिद्यालय सञ्चालन गरेको शिक्षा बिकास तथा समन्वय ईकाइले जानकारी दिएको छ ।  


यार्सागुम्बाको अबधिभर बिद्यालय खोल्ने चार बिद्यालयले बाहेक अरुले दिवाखाजाको अनुदान रकम पाउने छैनन । डागिले भने जगदुल्लाका १४ वटा बिद्यालय सबै २० गतेबाट खुलेपनि ति बिद्यालयले पनि नपाउने बताए । उनका अनुसार  जम्मा महिनाभर गरि २० दिनको मात्र दिवाखाजाको अनुदान रकम पाउने हो बिस दिन सम्म बन्द भएपछि  खाजाको अनुदान पाउने छैनन । 

डोल्पाका सबै बिद्यालय बन्द हुन्छनन नै छिमेकी जिल्ला रुकुम,जाजारकोट,जुम्ला जिल्ला लगायतका बिद्यालय समेत यार्सा सिजनमा बन्द हुने गर्दछन । बिद्यालय बन्द गर्न नचाहदा पनि बाध्यता जस्तै भएकोले केहि दिनलाइ बन्द नै गर्नु परेको जगदुल्ला गाउपालिकाका अध्यक्ष नारासिंह रोकायाले बताए । उनले भने यस बर्ष बिस दिन बन्द गरियो सके सम्म अर्को बर्षबाट बिद्यालय बन्द हुदैनन शिक्षाबाट वालवालिकाहरुलाइ शिक्षा लिन बञ्चित गराइदैन । 

हिउदको समयमा पुस र माघ महिनामा हिउदे बिदा,फागुन भर्ना अभियान,जेष्टमा यार्सागुम्बाले बन्द र बिचका अन्य महिनामा बिभिन्न चार्डपर्बका तथा सार्वजानिक बिदाले करिव ५ महिना पनि निरन्तर पढाइ नहुने नागरिक समाजका अगुवा योगेन्द्र बुढाले दावी गरे । उलने भने यसरि कसरि एक हजार घण्टा बिद्यालयमा बालवालिकाले अध्ययन गरे त त्यसैले खस्किदो छ डोल्पाको शिक्षा । 

पाठ्यक्रम नै नभ्याइने र भने अनुसार बिद्यार्थिले शिक्षा नपाउने शिक्षाबिधहरुको दावी रहेको छ । अत्याधिक बिद्याहरु पर्ने र बिद्यालय कम मात्र खुल्ने समस्याका कारण समयमा पाठ्यक्रम पुरा नहुने गरेको शिक्षा बिकास तथा समन्वय ईकाइले स्वीकार गरेको छ । कार्यालयका अनुसार सके जति नियमन गर्ने प्रयास भएको र अब बिद्यालय निरन्तर खुल्ने जनाएको छ । 

यार्सागुम्बा टिप्नका लागि बालवालिका नै पाटनमा पुगेपछि शिक्षकहरु कोही घाम तापेर बसेका छन भने कोही यार्साका ब्यापारि पनि बनेका छन । शिक्षक ब्यापार गर्दै र बिद्यार्थिहरु यार्सा टिप्दै पाटनमा रमाइ रहेकाछन तर बिद्यालय खोल्नेमा सुरसार छैन । शिक्षा बिकास तथा समन्वय ईकाइले जेष्टको अन्तिम साता खोल्न भने पनि धेरै बिद्यालयहरु असारको दोस्रो साता मात्रै खुल्ने गरेको स्थानीयहरु बताउछन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला