२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेरी अर्को यौन काण्ड: शिक्षक छात्राको जवानीमा लोभिएपछि…

२०७५, ६ श्रावण आईतवार ०५:४२

प्रेम सुनार | साउन ६, गुल्मी | हिजो हामीले  ‘जुन सरले छोरी भनेर बलाए, उनैले जवरजस्ती गर्न खोजे…' शिर्षका समाचार सम्प्रेषण गरे लगत्तै गुल्मीको त्यसै स्थानमा फेरी अर्की छात्रा माथी पनि अर्का  शिक्षकले त्यस्तै दुव्र्यवहार गरेको खुलासा भएको छ ।

जिल्लाको चन्द्रकोट गाउँपालिका पालिका स्थित एक विद्यालयका शिक्षकले आफैले पढाउने छात्रलाई घरमा  'तिमी मेरी छोरी सरहकी हौं अन्यथा नठान' भन्दै फकाएर बोलाएपछि उनले यौन दुव्यवहार गर्न खोजेको समाचार हिजो सम्प्रेषण गरिएको थियो ।

त्यस समचार आए लगत्तै फेरी सोही गाउँपालिकाकी अर्की छात्राले पनि अर्का शिक्षकबाट पछिल्लो यो घटना अघि पनि त्यस्तै दुव्र्यवाहर भएको र विद्यालय भित्रै मिलाईएको जानकारी पाएको  त्यस गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीले बताए । 

आज विहान हामीले हिजो उठाएको विषयमा जिज्ञाषा राख्दा गाउँपालिका प्रमुख खत्रीले भने–‘ हिजो तपाईहरुले उठाएको विषय जस्तै फेरी अर्की छात्रा पनि यस अघि अर्का शिक्षकबाट  त्यस्तै  खाले ब्यवहार भएको र विद्यालय भित्रै मिलाईएको जानकारी प्राप्त भएको छ , शिक्षकबाटै छात्राहरु  दुव्यवहारमा पर्नु भनेको गम्भीर विषय हो, यस्ता घटना वाहिर ल्याएर अन्य शिक्षकहरुलाई पनि सजग गराउन जरुरी छ  ।’

 उनले थपे–‘ हिजोको विषयमा  ति छात्राले पारेको उजुरी वडा नम्वर ६ हरेवाका वडाध्यक्ष गोकर्णप्रसाद शर्मालाई गाउँपालिकाको न्यायिक समितिमा पठाउन मैले भनि सकेको छु , समितिले गम्भीरढंले लिने छ ।’  

वडाध्यक्ष शर्माले पनि यस अघि हामी संगको कुराकानीमा त्यस घटना जटिल र वडाको दायर भन्दा माथी भएको भन्दै गाउँपालिकामा पठाउने बताएका थिए । त्यहाँका जनप्रतिनिधीहरुको आग्रहमा केहि समयका लागि ति शिक्षकहरुको नाम गोप्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने