२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मध्ये पश्चिमाञ्चलका १० क्याम्पस बने सरकारी, गोकर्ण विष्टको चुनावी घोषणा पुरा

२०७५, ११ भाद्र सोमबार ०३:११

प्रेम सुनार | भदौ ११, बुटवल | विश्वविद्यालयको आइतबार काठमाडौंमा सम्पन्न आठौं साधारण सभा (सिनेट ) बैठले  मध्ये पश्चिमाञ्चलका १० वटा सामुदायिक  क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको हो ।  मध्यपश्चिमान्चल विश्वविद्यालयले रेसुंगा बहुमुखी क्याम्पस सहित १० वटा सामुदायिक क्याम्पसलाई आंगिक क्याम्पसको मान्यता दिएको हो  ।

विश्वविद्यालयले सुर्खेतको गुर्भाकाटको बहुमुखी क्याम्पस सुर्खेत, चामुण्डा क्याम्पस र कोटदेवल जनआदर्श क्याम्पस दैलेख, सिंजा बहुमुखी क्याम्पस जुम्ला, रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मी, पाँडुली बहुमुखी क्याम्पस अर्घाखाँची, सिद्धार्थ क्याम्पस कपिलवस्तु, शहीद नारायणप्रसाद रामापुर क्याम्पस रुपन्देही, शितल बहुमुखी क्याम्पस चौरजहारी,रुकुम तथा चतुर्वेद हिरापूर्ण क्याम्पस मुगुलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको हो ।

विश्वविद्यालयका रजिष्ट्रार डाक्टर  महेन्द्रकुमार मल्लले हिजोको बैठकले नीति तथा कार्यक्रम पनि पारित  समेत गरेको जानकारी दिए  । नीति तथा कार्यक्रममा विशेष गरी संकायको विस्तार गर्ने र यो वर्षदेखि कानुन र कृषि विषयमा संकाय सञ्चालन गर्ने नीतिगत निर्णय गरेको उनले बताए । विश्वविद्यालयले चालु आर्थिक वर्षका लागि १ अर्ब १६ करोड बराबरको बजेट ल्याएको छ । 


यसबाट निकै आर्थिक संकटमा परेको र चर्को शुल्कले मुस्कीले बढेका रेसुङ्गा क्याम्पस सहित यस क्षेत्रका थुप्रै सामुदायिक क्याम्पसमा पढ्ने गरिबका छोरा छोरीहरुलाई ठुलो राहत भएको छ ।  यसबाट रेसुङ्गा क्याम्पसलाई आंगिक बनाउने गुल्मी क्षेत्र नम्वर २ का सांसद तथा संघिय सरकारका श्रम रोजगार तथा सामाजिक सुरुक्षा मन्त्री गोकर्णराज विष्टको चुनावी घोषणा पुरा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने