२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२२ वर्षीय जीसीको हत्याप्रति सरकार गम्भीर छ : गृहमन्त्री वादल

२०७५, २० भाद्र बुधबार १६:२५

बिमल खड्का | भदौ २०, काठमाडौ | गृहमन्त्री राम बहादुर थापा वादलले बागलुङ ढोरपाटन नगरपालिका- १ वर्ष २२ वर्षीय संगिन जीसीको बीभत्स हत्याप्रति सरकार गम्भीर भएको बताएका छन् । हत्याराको सुस्म अध्ययन भईरहेको बताउँदै हत्यारा पत्ता लगाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सरकार नागरिकको सुरक्षाका लागि खटेको भन्दै यस्तो  घटनाहुनु अकल्पनीय भएको बताएका छन् । 

घटनाको सत्य तथ्यका बाहिर ल्याउन लागि आफूले सुरक्षाको सबै सयन्त्रलाई निर्देशन दिएको बताउँदै हत्यारा पत्ता लाग्नेमा विश्वस्त हुन परिवारलाई आग्रह गरेका हुन्। 


बुधबार बागलुङका सांसद देवेन्द्र पौडेल, डा सुर्य पाठक, ज्ञानकुमारी छन्त्याल, मनकुमारी केसी , मृतका बाबू निमबहादुर जीसी लगाएको टोलीसँगको भेटमा गृहमन्त्री बादलले देशको शान्ति शुव्यवस्था कायम गर्ने जिम्मेवार गृहमन्त्रालयको भएको बताउँदै नागरिकको शुरक्षाका लागि सधै सरकार कटिबद्ध भएको बताएका छन् ।

भेटमा बादलले यस्तो घटना निन्दनीय भएको भन्दै हत्यारालाई हदैसम्मको कारबाही हुने गरि उच्चस्तरीय छानबिन समिति समेत गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  


२२ वर्षीय जीसी बिगत ६ वर्ष देखि अध्ययनका लागि काठमाडौको कोटेश्वरमा बस्दै आपनि बिगत ३ महिना अघि सानोभर्याङ  हजुरबुबा हजुरआमा र भाइसँग बस्दै आएका थिए । जीसी रक्षाबन्धनको दिन देखि बेपत्ता भएका थिए । उनको शव भदौ १७ गते स्वयम्भूको जंगलमा शरीर टुक्रा- टुक्रा पारिएको अवस्थामा भेटिएको थियो । अहिले शव त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । परिवारले हत्यारा पत्ता नलागेसम्म शव नबुझने अडान राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने