२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, कति छ आज बिदेशी पैसाको दररेट ?

१८ आश्विन २०७५, बिहीबार ०५:००

असोज १८, काठमाडौँ | अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १ सय १७ रुपैया ६५ पैसा तोकेको छ । यो हालसम्मकै उच्च हो । यसले डलरको तुलनामा नेपाली रुपैया हालसम्मकै कमजोर अवस्थामा पुगेको भन्ने देखाउछ ।

बुधबार एक अमेरिकी डलरको खरिद दर १ सय १६ रुपैया ९६ पैसा थियो । जुन बढेर आज बिहिबार ११७ रुपयाँ ६५ पैसा पुगेको छ । खासगरी चालु आर्थिक वर्षको सुरुदेखि अमेरिकी डलरसंगको तुलनामा स्वदेशी मुद्रा (नेरु) कमजोर हुने क्रम निरन्तर रूपमा चलिरहेको छ । सोही क्रममा गत असोज ३ मा एक अमेरिकी डलरको विनिमय दर १ सय १७ रुपैया ७ पैसा पुगेको थियो । त्यसपछि केही दिन यो घटेर १ सय १५ रुपैया ८२ पैसासम्म झर्यो । त्यसपछि डलर थप बलियो बन्न थालेको छ । यही क्रममा बिहीबार १ सय १७ रुपैया ६५ पैसा पुगेको हो ।

डलर बलियो हुदा एकातिर रमिट्यान्स आप्रवाह (मुलुक भित्रिने रकम) संगै रेमिट्यान्स पठाउनेको संख्या पनि बढ्छ । डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीहरू स्वदेशमा पैसा पठाउन उत्साहित हुने गर्छन् । यसले ठूलो मात्रामा रमिट्यान्स आउँछ । डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सकारात्मक प्रभाव पार्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली