२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शैक्षिक योग्यता हासिल गरेका युवाले अब विदेशिनु पर्दैन

२४ कार्तिक २०७५, शनिबार १३:१७

कात्तिक २४, बनियानी (रासस) | अर्थमन्त्री डा युवराज खतिवडाले युवालाई आत्मनिर्भर बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । युवा स्वरोजगार कोष जिल्ला संयोजन समिति झापाले आज बिर्तामोडमा आयोजना गरेको ‘भेटघाट छलफल तथा व्याज अनुदान वितरण कार्यक्रम’ मा बोल्दै अर्थमन्त्री डा खतिवडाले युवालाई स्वरोजगार बनाउन सरकारले विभिन्न कार्यक्रम ल्याएको समेत जानकारी दिनुभयो । 

“शैक्षिक योग्यता हासिल गरेका युवाले अब विदेशिनु पर्दैन”, उहाँले भन्नुभयो, “योग्यताका आधारमा युवालाई सहुलियत व्याज दरमा ऋण दिने व्यवस्था मिलाइएको छ ।” युवालाई व्यवसायी बनाउन सरकारले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिलाई रु १० लाख, सीप भएका महिलालाई रु १५ लाख, दलितलाई रु १० लाखलगायतका आधा दर्जनभन्दा बढी सहुलियत व्याजदरमा ऋण दिने व्यवस्था मिलाएको अर्थमन्त्री खतिवडाले जानकारी दिनुभयो । 

स्वरोजगार कोषबाट ऋण लिएर धेरै युवा आत्मनिर्भर भएको बताउँदै अर्थमन्त्री खतिवडाले भन्नुभयो, “गरिबीको रेखामुनि रहेका नेपालीको जीवनस्तर उकास्न स्वरोजगार कोष सहायक बनेको छ ।” झापामा स्वरोजगार कोषको माध्यमबाट धेरै युवा आत्मनिर्भर भएकामा अर्थमन्त्रीले खुशी व्यक्त गर्नुभयो । 

स्वरोजगार कोषले उपलब्ध गराउने कर्जा रकम कम भएको सहभागीको गुनासो सुनेपछि अर्थमन्त्री खतिवडाले अनुदानको सस्तो पैसा धेरै उपलब्ध गराउन कठिनाइ हुने उल्लेख गर्नुभयो । “सरकारको आम्दानी स्रोत भनेको कर हो”, उहाँले भन्नुभयो, ‘‘धेरै अनुदान दिन धेरै कर उठाउनुपर्ने हुन्छ, कर बढी उठाउँदा सरकार आलोचित हुने अवस्था आउँछ ।” 

जनताको पैसा जनतालाई नै वितरण गरिने भएकाले धेरै अनुदानको रकम दिन नसकिने उहाँले बताउनुभयो । कोषमार्पmत रु दुई लाख उपलब्ध गराउँदै आएकामा अब रकम बढाउने सोचमा सरकार रहेको समेत उहाँले उल्लेख गर्नुभयो । मुलुकमा अझै पनि धेरै नागरिक वित्तीय पहुँचमा नरहेकाले सोको अभिवृद्धि गर्ने उद्देश्यले पनि स्वरोजगार कोषको अवधारणा अघि सारिएको अर्थमन्त्री खतिवडाले बताउनुभयो । 

सहकारीलाई लगाइएको आयकरको विषयमा उहाँले ग्रामीण सहकारी करको दायरामा नरहेको स्पष्ट पार्दै नगरपालिका क्षेत्रमा रहेका सहकारीलाई पाँच प्रतिशत, उपमहानगर र महानगरपालिकालाई १० प्रतिशत कर लगाइएको उहाँले बताउनुभयो । 

कार्यक्रममा स्वरोगार कोषमार्फत ऋण लिएका ६२ जनालाई व्याज अनुदान रकम वितरण गरिएको थियो । 

झापामा तीन चरणमा दुई हजार ३०० सय जना युवाले स्वरोगार कोषमार्फत रु ३३ करोड ऋण लिएका छन् । पहिलो चरणमा कोषमार्फत रु आठ करोड ८५ लाख ऋण लिएका ८४२ जना युवालाई व्याज अनुदान रकम प्रदान गरिएको छ । 

कार्यक्रममा युवा स्वरोजगार कोषका उपाध्यक्ष प्रेम दङ्गाल, सांसद पवित्रा निरौला खरेल, सांसद झलकसिंह दर्लामी, झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, जिल्ला सहकारी सङ्घ झापा अध्यक्ष गणेश ढकाल, बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईंलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान