२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनप्रशासन एमफिल इन्ट्रान्स नतिजामा विवाद : के हो वास्तविकता ?

१८ मंसिर २०७५, मंगलवार ११:५४

मनोज पराजुली, मंसिर १८, काठमाण्डौ ।  त्रिभुवन विश्वविद्यालयको जनप्रशासन केन्द्रीय विभागले प्रकाशन गरेको एमफिल इन्ट्रान्सको नतिजा प्रकाशनमा त्रुटी देखिएको छ। लिखित परीक्षामा फेल भएका विधार्थी उमेशभक्त जोशीको नाम अन्तर्वार्ताबाट छनौट गरिएको सूचना प्रकाशित गरिएपछि विवाद बाहिर आएको हो ।

घटनाक्रम के हो ?

जनप्रशासन एमफिल इन्ट्रान्सको परीक्षा संचालन तथा नतिजा प्रकाशन जनप्रशासन केन्द्रीय विभागले नै गर्ने गर्दछ। सोहि अनुरुप  जनप्रशासन केन्द्रीय विभागले गत असोज १४ गते एक सूचना प्रकाशित गरि एमफिलको लागि भर्ना आह्वान गरेको थियो।


विभागले भर्नाको लागि आवेदन दिएका विद्यार्थीहरुको लिखित परीक्षा मंसिर ८ गते लिएको थियो ।

हेर्नुहोस लिखित परीक्षाको प्रश्नपत्र 

सो लिखित परिक्षामा सहभागी मध्ये मेरिट लिष्टका आधारमा विभागले अन्तर्वार्ताका लागि मंसिर १२ गते सूचना निकालेको छ। जसमा ४२ जनाको नाम समावेस गरिएको छ तर  इन्ट्रान्स रोल नं. ५५ भएका उमेशभक्त जोशीको नाम सो लिष्टमा रहेको छैन । किनकी विभागले निकालेको यो लिष्ट पास हुनेहरुको मात्र हो यसबाट के देखिन्छ भने जोशी लिखित परीक्षामा फेल भएका छन् ।

हेर्नुहोस लिष्ट 



विभागले मंसिर १४ र १५ गते अन्तर्वार्ता लिएको छ । साथै १४ गते समावेस हुन नसक्ने भनि निवेदन दिएका केहि विद्यार्थी सहित उमेशभक्त जोशीको पनि अन्तर्वार्ता मंसिर १५ गते लिइएको छ । सूचनामा हेर्न सकिन्छ, लिखितमा फेल भनिएका जोशीको नाम अन्तर्वार्ता पछि छनौट सूचीमा ३० औं नम्बरमा निस्किएको छ ।



यस विचमा प्रश्न आउँछ लिखित परीक्षामा फेल भएका विधार्थी कसरी अन्तर्वार्तामा छनौट भए ? जनप्रशासन केन्द्रीय विभागका विभागीय प्रमुख डा. टेकनाथ ढकाल भन्छन् "लिखित परीक्षाको नतिजाको पुन्र्योग गरि पाउँ भनि जोशीले निवेदन दिएको र सोहि आधारामा नतिजा पुनर्योगमा पास देखिएकोले उनलाई पनि अन्तर्वार्तामा समावेस गरिएको हो ।" यस विचमा जोशीको निवेदन अनुरुप परीक्षा कमिटीले निर्णय गरेको बताइए पनि किन निर्णय बाहिर नआएको भन्ने विषयमा त्रुटी भएको उनले स्वीकार गरे । जोशीले लेखेको कपिमा केरमेट गरेर नम्बर थपेर पास गरेको भन्ने कोहि कसैलाई लागेमा कपी हेर्न सकिने पनि उनले बताए । 

राजनीतिक आडमा त्रिवि व्यवस्थापन संकायका डिन प्रा. डिल्लीराज शर्माको दबाबमा परी जोशीलाई उत्तिर्ण गराएको आरोप जनप्रशासन स्ववियु लगाएको छ । आखिर स्ववियुले लगाएको आरोपको सत्यता के हो ? विभागीय काममा डिन कार्यालयको हस्तक्षेप गरिएको हो ? भन्ने हाम्रो प्रश्नमा डिन शर्माले यसमा कुनै सत्यता नभएको जिकिर गरे उनले भने "दवाबको भरमा रिजल्ट प्रकाशित भन्ने हुन्छ ?, विद्यार्थीको कपि हेर्नुपर्यो नि, यो सबै गलत अफवाह फैलाएको मात्र हो।" उनले आफु राजधानी बाहिर रहेकोले यसबारे थप जानकारी काठमान्डौ आएपछि बुझ्ने र आवश्यक परे छानविन समिति पनि बनाउन सकिने बताए । स्ववियुले लगाएको तालाबन्दी सन्दर्भमा आपसी छलफलबाट समस्या समाधान गर्ने डिन शर्माले जानकारी दिए ।   

विवादमा तानिएका जोशी पूर्व नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जनप्रशासन क्याम्पसका विद्यार्थी नेता हुन् । यसैविच केन्द्रीय विभाग र व्यवस्थापन संकाय डिनको कार्यालयमा सोमबार तालाबन्दी गरिएको स्ववियुले तालाबन्दी गरेको छ। नतिजा सच्याएर पुन प्रकाशित नगरीए आन्दोलन गर्न बाध्य हुने स्ववियुले जनाएको छ । 


तर विवादमा तानिएका विधार्थी जोशीले आफुले पुनर्योगका लागि निवेदन दिएको आधारमै परीक्षा कमिटीले बोलाएर नै अन्तर्वार्तामा समावेस भएको र सोहि अनुरुप नाम एपफिल अध्ययनका लागि नाम निस्किएको बताए ।

अब के हुन्छ हामी यसको निरन्तर फलो गर्नेछौं 


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली