२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चर्चित क्रिकेटर सन्दिप लामिछाने बने जेभियरको विद्यार्थी

२०७५, १८ मंसिर मंगलवार १४:४८

मङ्सिर १८, काठमाडौं | जेभियर इन्टरनेशनल स्कूल र कलेजका ब्राण्ड एम्बासडर रहदै आएका युवा क्रिकेटर सन्दिप लामिछाने अब जेभियरका नियमित विद्यार्थी पनि भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित बनेका युवा क्रिकेटर सन्दिप लामिछाने मंगलवारदेखि जेभियरमा भर्ना भएका हुन् ।

बौद्ध टुसालस्थित जेभियर इन्टरनेसनल कलेजमा आफैं उपस्थित भएर उनले स्नातक तह प्रथम वर्षको भर्ना फारम भरे । उनलाई कलेजको कार्यकारी निर्देशक लोकवहादुर भण्डारी र प्रिन्सिपल गोपाल भण्डारीले स्वागत गरेका थिए ।

 सन्दिप मानविकी संकाय अन्तरगत बीएसडब्लु (ब्याचलर इन सोसल वर्क) मा भर्ना भएका हुन् । उनलाई चार वर्षे कोर्सका लागि पूर्ण छात्रवृत्ती प्रदान गरिएको कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले बताए ।


जेभियर इन्टरनेशनल कलेजले गरिब, विपन्न वर्गका विद्यार्थीलाई २० प्रतिशत छात्रवृत्ती दिने गरेको छ । सन्दिपले खेल क्षेत्रमार्फत देशको इज्जत बढाएकाले उनलाई सम्मानस्वरुप पूर्ण छात्रवृत्ति प्रदान गरिएको हो ।

सन्दिपले क्रिकेटसँगै पढाईलाई पनि अगाडि बढाउने कलेज परिसरमा आयोजित काईक्रममा बनाए । क्रिकेटबाट खाली रहेको बेलामा कलेज पढ्न पनि जाने उनको भनाई छ । देशका प्रतिभाहरुलाई प्रोत्साहन गर्ने कार्यमा जेभियर सधैं अगाडि रहदै आएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने