३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्राईम कलेजमा अन्तराष्ट्रिय स्तरको एआई पाठशाला सुरु

१० पुष २०७५, मंगलवार १०:२०

पुस १०, काठमाडौं । प्राइम कलेजमा प्रथम नेपाल एआई हिउँदे पाठशाला शुरु भएको छ। नेपाल अप्लाईड म्याथम्याटिक्स एण्ड इनफरमेटिक्स ईन्स्टिच्यूट अफ रिसर्च,(नामी) को आयोजनामा काठमाडौंमा ११ दिने प्रथम नेपाल एआई पाठशाला सुरु भएको हो ।

डिसेम्बर २० देखि डिसेम्बर ३० सम्म चल्ने कार्यक्रममा नेपाल, भारत, चीन, फिलिपिन्स, जर्मनी, नर्वे लगायतका देशहरुबाटआएका १२० प्रशिक्षार्थीहरुले सहभागिता जनाएका छन् । ११ दिने पाठशालामा २२ जना विदेशी, ७० जना काठमाडौं उपत्यकाका, १७ जना काठमाडौं उपत्यका बाहिरका र २० जना व्यावसायिक क्षेत्रका ब्यक्तित्वहरु सहभागि रहेका आयोजकले जानकारी दिएको छ ।

 

पाठशालामा आर्टिफिसियल ईन्टेलिजेन्सको प्रयोग, उपादयता र आवश्यकताको सन्दर्भमाआवश्यक, तालिम, परामर्श र अनुसन्धान गरिने आयोजकले जनाएको छ । पाठशालामाआर्टिफिसियल ईन्टेलिजेन्स (एआई) लाई नेपालको सन्दर्भमा कसरी प्रयोग गर्ने ? नेपालले झेलिरहेकाआर्थिक, शैक्षिक, ब्यवस्थापकिय, स्वास्थ्य लगायतका समस्याहरुको समाधानमा एआईलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिने आयोजकले बताएको छ । 

कार्यक्रममा बोल्दै नामीका सदस्य तथा बेलायतमा रहेको योर्क विश्वविद्यालयअन्तर्गत कम्यूटर विज्ञान विभागका प्राध्यापक सुरेशमानन्धर नेपालमा एआई सम्वन्धि प्रभाकारी शिक्षणको सुरुवात नै हुन नसकेको बताए । एआईको सम्वन्धमा विद्यमान भ्रम निवारण तथा यसको उपादयताको बढोत्तरी र एआई पढाउने शैक्षिक संस्थाहरुको स्तर उन्नतीमा यो पाठशालाले सहयोग पुर्याउने विश्वास मानन्धरले लिए । 

नामीका अर्का सदस्य तथा ईम्पेरियल कलेज लण्डनमा पोष्ट डक्टरल अनुशन्धानकर्ताको रुपमा कार्यरत डा. विनोद भट्टराईले पाठशालाको आयोजना गर्नुको पछाडि नेपालमा अनुशन्धान सँस्कारलाई सहयोग पुर्याउनु रहेको बताए ।  प्राईम कलेजका प्रिन्सिपल प्राध्यापक डा: कृष्णकुमार श्रेष्ठनामीले सञ्चालन गरेको पाठशालाले एआई सँगसँगै समग्र सुचनाप्रविधि क्षेत्रलाई उत्प्रेरित गर्ने बताए । 

नेपाली विद्यार्थीहरुको विद्यावारिधि लगायत सोध र अनुशन्धानको कार्यलाई सहयोग गर्ने र नेपालको आवश्यकतामाआधारित वृहत्तर अनुशन्धानलाई कार्यान्वयनमा लैजाने उद्देश्य सहित स्थापित नामीले विज्ञान प्रविधिको विकासका लागि आवश्यक नीति निर्माणमा सहेत सहयोग गर्ने वताएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड