२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्राईम कलेजमा अन्तराष्ट्रिय स्तरको एआई पाठशाला सुरु

२०७५, १० पुष मंगलवार १०:२०

पुस १०, काठमाडौं । प्राइम कलेजमा प्रथम नेपाल एआई हिउँदे पाठशाला शुरु भएको छ। नेपाल अप्लाईड म्याथम्याटिक्स एण्ड इनफरमेटिक्स ईन्स्टिच्यूट अफ रिसर्च,(नामी) को आयोजनामा काठमाडौंमा ११ दिने प्रथम नेपाल एआई पाठशाला सुरु भएको हो ।

डिसेम्बर २० देखि डिसेम्बर ३० सम्म चल्ने कार्यक्रममा नेपाल, भारत, चीन, फिलिपिन्स, जर्मनी, नर्वे लगायतका देशहरुबाटआएका १२० प्रशिक्षार्थीहरुले सहभागिता जनाएका छन् । ११ दिने पाठशालामा २२ जना विदेशी, ७० जना काठमाडौं उपत्यकाका, १७ जना काठमाडौं उपत्यका बाहिरका र २० जना व्यावसायिक क्षेत्रका ब्यक्तित्वहरु सहभागि रहेका आयोजकले जानकारी दिएको छ ।

 

पाठशालामा आर्टिफिसियल ईन्टेलिजेन्सको प्रयोग, उपादयता र आवश्यकताको सन्दर्भमाआवश्यक, तालिम, परामर्श र अनुसन्धान गरिने आयोजकले जनाएको छ । पाठशालामाआर्टिफिसियल ईन्टेलिजेन्स (एआई) लाई नेपालको सन्दर्भमा कसरी प्रयोग गर्ने ? नेपालले झेलिरहेकाआर्थिक, शैक्षिक, ब्यवस्थापकिय, स्वास्थ्य लगायतका समस्याहरुको समाधानमा एआईलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिने आयोजकले बताएको छ । 

कार्यक्रममा बोल्दै नामीका सदस्य तथा बेलायतमा रहेको योर्क विश्वविद्यालयअन्तर्गत कम्यूटर विज्ञान विभागका प्राध्यापक सुरेशमानन्धर नेपालमा एआई सम्वन्धि प्रभाकारी शिक्षणको सुरुवात नै हुन नसकेको बताए । एआईको सम्वन्धमा विद्यमान भ्रम निवारण तथा यसको उपादयताको बढोत्तरी र एआई पढाउने शैक्षिक संस्थाहरुको स्तर उन्नतीमा यो पाठशालाले सहयोग पुर्याउने विश्वास मानन्धरले लिए । 

नामीका अर्का सदस्य तथा ईम्पेरियल कलेज लण्डनमा पोष्ट डक्टरल अनुशन्धानकर्ताको रुपमा कार्यरत डा. विनोद भट्टराईले पाठशालाको आयोजना गर्नुको पछाडि नेपालमा अनुशन्धान सँस्कारलाई सहयोग पुर्याउनु रहेको बताए ।  प्राईम कलेजका प्रिन्सिपल प्राध्यापक डा: कृष्णकुमार श्रेष्ठनामीले सञ्चालन गरेको पाठशालाले एआई सँगसँगै समग्र सुचनाप्रविधि क्षेत्रलाई उत्प्रेरित गर्ने बताए । 

नेपाली विद्यार्थीहरुको विद्यावारिधि लगायत सोध र अनुशन्धानको कार्यलाई सहयोग गर्ने र नेपालको आवश्यकतामाआधारित वृहत्तर अनुशन्धानलाई कार्यान्वयनमा लैजाने उद्देश्य सहित स्थापित नामीले विज्ञान प्रविधिको विकासका लागि आवश्यक नीति निर्माणमा सहेत सहयोग गर्ने वताएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने